arrow

अर्थमन्त्रीको जवाफ : बजेटबारे चिन्ता नलिनुस्

logo
प्रकाशित २०७३ जेठ २१ शुक्रबार
bisnu-paudel-new.jpg.jpeg
काठमाडौं । अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आफुले ल्याएको बजेटबारे चिन्ता नलिन सांसद्हरुलाई आग्रह गरेका छन् । व्यवस्थापिका संसद बैठकमा बजेटको समान्य छलफलका क्रममा उठेका जिज्ञासाको अवाफ दिँदै बजेट दुर्घटनामा पर्ने भन्ने नसोच्न आग्रह गरेका हुन् । अर्थमन्त्री पौडेलले बजेटको स्रोत जुटाउनेबारे सरकारले पूर्ण गृहकार्य गरेको सुनाए । 
 
उनले भने, ‘सार्वजनिक क्षेत्रको लगानीले रोजगारी सिर्जना गर्नेछ ।’ ५ दशमलव ८ प्रतिशत आर्थिक वृद्धि भएको पाठ आफुहरुले राम्ररी सिकेकाले आगामी आर्थिक वर्षमा आर्थिक वृद्धि ६ दशमलव ५ प्रतिशत रहने पौडेलले बताए । अर्थमन्त्री पौडेलले बजेट चालु आर्थिक वर्षको तुलनामा २८ प्रतिशतले बढी रहेको भएपनि आर्थिक वृद्धि ४ दशमलव ६ ले घटी भएको स्वीकारे ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ