अमिताभ बच्चनको ‘सुबाइट’ सात वर्षदेखि रिलिजको प्रतिक्षामा


प्रकाशित

काठमाडौं । अमिताभ बच्चन बलिउडका महान सुपर स्टार हुन् । तर तिनै अमिताभको चलचित्र पनि लामो समयदेखि रिलिज नभएर थन्किएर बस्नु परेको पढ्दा कस्तो लाग्ला । 

त्यस्तै भएको छ । बच्चनको सन् २०१२–१३ मा शुटिङ भइसकेको उनको फिल्म ‘सुबाइट’ अहिलेसम्म रिलिज भएको छैन । सात वर्षदेखि फिल्म रिलिजको प्रतिक्षामा छ । सुजित सरकारको निर्देशनमा बनेको उक्त फिल्मको शीर्षक पहिले ‘जोनि वाकर’ थियो । यो फिल्म हलिउड निर्माता एम नाइट ह्यामलनको कथा ‘लेबर अफ लब ब्वाइ द सिक्स्थ सेन्स’ माथि आधारित छ । 

तर स्टुडियोज परसेप्ट पिक्चर्स र युटीवीको बीच कानुनी उल्झन भइरहँदा यो फिल्म रिलिज हुन नसकेको बताइएको छ । फिल्ममा अमिताभ बच्चनसँगै सारिक, जिमी शेरगिल र दिया मिर्जा मूख्य भूमिकामा छन् । 
 


प्रतिक्रिया :

नयाँ