arrow

‘पत्याउनुस् न : बजेट अध्ययन गर्नका लागि होईन, कार्यान्वयनकै लागि ल्याएको हो’

दुई वर्षमा लोडसेडिङ मुक्त हुन्छ ढुक्क हुनुस् भन्दा ओली फिस्स हाँसे

logo
प्रकाशित २०७३ जेठ २१ शुक्रबार
bishnu-poudel-new-picjpg.jpeg.jpeg
काठमाडौं । अर्थमन्त्री विष्णुपौडेलले आगामी आर्थिक वर्षको बजेट अध्ययनको लागि नभएर कार्यान्वयनको लागि ल्याएको जिकिर गरेका छन् । आर्थिक वर्ष २०७३–०७४ को वार्षिक आय तथा व्ययको विवरणमाथि सांसद्हरूले गरेको प्रश्नको व्यस्थापिका संसद्मा जवाफ दिँदैं उनले यो बजेट अध्ययनको चरणबाट माथि उक्लिएर कार्यान्वयनको चरणमा जान चाहेकाले बजेट केही असामान्य जस्तो लागेको भएपनि बजेट कार्यान्वयन गर्न नसक्ने खालको नरहेको जिकिर गरेका हुन् । 
 
सरकारले तराई काठमाडौं फाष्टट्रयाक, उर्जासंकट दशक, बुढीगण्डकी जलविद्युत आयोजना लगायत बुहुप्रतिक्षित आयोजनाहरूलाई प्राथमिकताका साथ रकम विनियोजन गरिएको भन्दै अबदेखि सरकारले आर्थिक समृद्धिको समय सुरूहुने ठोकुवा गरे । उनले वित्तीय स्थायित्वमा चिन्ता नलिन पनि सबैमा आग्रह गरे । 
 
राजश्व संकलनमा भारी अपेक्षा लिएको प्रश्नको प्रतिवादमा अर्थमन्त्री पौडेलले २३ प्रतिशतको राजश्व वृद्धि असामान्य नरहेको भन्दै यो पूरा गर्न सकिनेमा कुनै चिन्ता नलिन पनि आग्रह गरे । सरकारको आफ्नै ५.८ प्रतिशतको मुल्यवृद्धिबाट शिक्षा लिएर ६.५ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य लिएको भन्दै मन्त्री पौडेलले यो मूल्य वृद्धिमा पनि शंका नगर्न आग्रह गरे । त्यसैगरी, पुँजीगत खर्चमा ४.२ प्रतिशतको वृद्धि गरिएको स्मरण गराउँदै पौडेलले उत्पादनशील क्षेत्रमा खर्च वृद्धिको कारण उत्पादनमा पनि वृद्धि गर्ने सरकारले अपेक्षा गरको उनले सुनाए ।
 
मन्त्री पौडेलले अबको दुई वर्षभित्र लोडसेडिङ मुक्त हुने भन्दै सांसदहरुलाई ढुक्क हुन आग्रह गरे । उनले भने, ‘दुई वर्षमा लोडसेडिङ मुक्त हुन्छ ढुक्क हुनुस् ।’ यत्ति भन्दा प्रधानमन्त्री केपी ओली फिस्स हाँसे । अर्थमन्त्रीले आफ्नै शैलीमा आस्वस्थ पारेकामा मन् खुस् पारे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ