arrow

अटिजम भएकालाई पहिलो विद्यालय, उद्घाटन गरेर मनाए हरिवंशले जन्मोत्सव

logo
प्रकाशित २०७७ कार्तिक २८ शुक्रबार
autism-school1.jpg

भक्तपुर । वरिष्ठ हांस्य कलाकार हरिवंश आचार्यले आफ्नो ६३ औं जन्मोत्सव फरक किसिमले मनाएका छन् । उनले अटिज्म रोग लागेका व्यक्तिहरुलाई पुनःस्थापना गर्नका लागि बनेको नेपालकै पहिलो भवन उद्घाटन गरी हस्तान्तरण गरेर आफ्नो जन्मदिन मनाए ।

सिंगापुर रेडक्रस सिंगापुरको सहयोगमा ‘प्रारम्भ’ सामाजिक संस्था ललितपुरले निर्माण गरेको विशेष स्कुल तथा पुनःस्थापना केन्द्र काठमाडौंद्वारा संचालित प्रारम्भ–एसएसडिआरसी स्कुलको नवनिर्मित भवनको आचार्यसहित आनी छोइङ डोल्माले उद्घाटन गरी हस्तान्तरण गरिएको हो ।  

हरिवंश आचार्य, आनी छोईङ, सिंगापुर रेडक्रसका तर्फबाट नेपाल प्रतिनिधि कल्पना क्षेत्री, प्रारम्भका प्रोजेक्ट डाइरेक्टर बद्रीराज तिमल्सिनाले संयुक्त रुपमा विशेष स्कुल तथा पुनस्र्थापना केन्द्र काठमाडौं तथा प्रारम्भ–एसएसडिआरसी स्कुलकी अध्यक्ष सबिता उप्रेतीलाई नवनिर्मित भवन हस्तान्तरण गरिएको हो ।

अटिजम शारीरिक एवं मानसिक रुपमा विशेष र फरक क्षमताको प्रभाव देखिने एक भिन्नै प्रकारको रोग हो। भक्तपुर चांगुनारायण नगरपालिका वार्ड न ९ स्थित याकडोलमा बनेको नवनिर्मित पकी भवनमा ६ वटा कक्षा कोठा तथा २ वटा वाथरुम रहेका छन् । कुल ९३ लाख रुपैयाँ लागतमा भवन निर्माण सम्पन्न भएको प्रारम्भका प्रोजेक्ट डाइरेक्टर बद्रिराज तिमल्सिनाले जानकारी दिए ।

भाडामा घर लिएर सेवा तथा अध्ययन अध्यापन गराउँदै आएकोमा अबका दिनबाट आफ्नै भवनबाट सेवा प्रदान गर्नसक्ने वातावरण बनाइदिएकोमा संस्थाकी अध्यक्ष सबिता उप्रेतीले प्रारम्भ तथा सिंगापुर रेडक्रसलाई धन्यवाद व्यक्त गरिन् । 

उनका अनुसार हाल ४५ जना अटिजम  भएका व्यक्तिहरुले संस्थाबाट प्रत्यक्ष सेवा पाइरहेका छन् भने हालसम्म २ सय ८० जना व्यक्ति पुनःस्थापित भैसकेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ