arrow

जेलमै बसेर आठ वर्षमा ३१ वटा डिग्री, बनाए रेकर्ड

logo
प्रकाशित २०७७ कार्तिक २८ शुक्रबार
bhanubhai.jpg

काठमाडौं । जेल सजायगृहमात्र हैन सुधार गृह पनि हो । धेरैजसोले सजाय नै काटेर फर्कन्छन् भने बिरलै मात्रले उदाहरणीय काम गर्छन् । जब कसैले जेलमा बसेर आफ्नो भविष्य बनाउँछ भने त्यो जत्तिको ठूलो सफलता अरु के होला । 

भारतको अहमदाबादका भानुभाइ पटेलले जेलमै रहेर रेकर्ड बनाएका छन् । उनले जेलमा रहेर सजाय काटेनन् करियर बनाए । उनले ८ वर्षको अवधिमा पढेर ३१ वटा डिग्री हासिल गरे । उनले सरकारी जागिरको अवसर पनि पाए । उनले जागिरपछि पाँच वर्षमा २३ डिग्री हासिल गरे । 

उनले आफ्नो नाम लिम्का बुक अफ रेकर्डस, एसिया बुक अफ रेकर्ड, युनिक वल्र्ड रेकर्ड, इन्डिया बुक अफ रेकर्ड, युनिभर्सल रकेर्ड फोरम र वल्ड रेकर्ड इन्डियामा समेत रेकर्ड दर्ता गरेका छन् । 

के कारणले गएका थिए जेल ? 
पटेल मूल भावनगको महुवा तहसील निवासी हुन् । अहमदाबादको बीजे मेडिकल कलेजबाट एमबीबीएसको डिग्री लिए । पछि उनी सन् १९९२ मा मेडिकलको डिग्री लिन अमेरिका गए । उनको विद्यार्थी भिसामा अमेरिका गएको साथीले जागिर गर्दै पैसा उनको खातामा राखिदिन्थ्यो । 

जसका कारण पटेललाई फरेन एक्सचेन्ज रेगुलेशन एक्ट (एफइआरए) कानुन उल्लंघनको आरोप लाग्यो । उनलाई ५० वर्षको उमेरमा १० वर्षको सजाय भयो । अनि उनी अहमदाबादको जेलमा पठाइए । 

जेलबाट रिहा भएपछि उनलाई अम्बेकर विश्वविद्यालयमा जागिरको अफर आयो । जेल गएपछि कुनै जागिर पाइँदैन । तर उनलाई सरकारी जागिरको अफर आयो । उनले त्यतिधेरै डिग्री हासिल गरे कि उनलाई जागिरको अफर आयो । उनले उक्त जागिरको ५ वर्षमा २३ डिग्री हासिल गरे । 

अहिलेसम्म उनका ५४ वटा डिग्री छन् । यही विषयमा उनले गुजराती, हिन्दीर अंग्रेजी भाषामा तीन वटा किताब पनि लेखेका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ