arrow

नेपालको टेलिफोन शुल्क विश्वकै आठौं सस्तो

एनसेलको प्रवेशसँगै बढेको प्रतिस्पर्धाले शुल्क घटायो

logo
प्रकाशित २०७३ जेठ २१ शुक्रबार
ncell.jpg.jpeg
काठमाडौ। नेपालवाट नेपालमा नै र विश्वका अन्य विभिन्न मुलुकमा टेलिफोन गर्दा लाग्ने शुल्क विश्वकै आठौं सस्तो रहेको छ। केही बर्ष अगाडीसम्म महँगो रहेको टेलिफोन शुल्क निजी क्षेत्रको मोवाइल सेवा प्रदायक कम्पनी एनसेलको प्रवेशसँगै बढेको प्रतिष्पर्धाले घटाएको हो। 
 
नेपाल दूर सञ्चार प्राधिकरणका अनुसार हाल नेपालभित्रै र वाहिर फोनगर्दा लाग्ने शुल्क विगत एक दशकको तुलनामा अत्याधिकरुपमा घटेको छ । मोवाइल सेवामा निजी क्षेत्रको कम्पनि एनसेलको प्रवेशसँगै बढेको प्रतिष्पर्धाले यसरी उल्लेख्यरुपमा शुल्क घटेको प्राधिरकणले जनाएको छ।
 
नेपालवाट हुने आउट गोईङ्ग शुल्क आईटियूकै अध्ययनका अनुसार पनि विश्वकै आठौं सस्तो दरमा झरेको छ । एनसेलको प्रवेश पश्चात आउट गोईङ्ग शुल्क घट्नुकासाथै ईनकमिङ्ग शुल्क र आन्तरिक रोमिङ्ग समेत पुरै हटेको आईटियूकै अध्ययनले देखाएको छ।
 
केही बर्ष अगाडी सम्म मोबाइल सिम लिनु अत्यन्तै कठीन थियो । दूरसंचार क्षेत्रको उदारीकरणको शुरुवात भएपश्चातपनि  त्यसको एक दशकसम्म पनि नेपाली ग्राहकका लागि मोबाइलमा सहज पहुँच थिएन । एनसेलले सेवा प्रदान गर्न थालेपछि भने विगत एक दशकदेखि यो स्थितिमा नाटकीय परिवर्तन आउन थालेको छ । हाल ग्राहकले सहजै सिम कार्ड खरिद गर्न, रिचार्ज गर्न सक्ने भएका छन् । प्रतिस्पर्धासँगै मूल्यमा पनि भारी कटौति भएको छ।
हाल एनसेलले मुलुकको विकट पहाडी जिल्ला तथा दुर्गम क्षेत्रसम्म सेवा पुर्‍याएको छ । ती क्षेत्रका स्थानिय वासिन्दालाई यसले उत्साहीमात्रै नवनाई विश्वभर टेलिफोन र इन्टरनेट सेवाको पहुँच विस्तार गरेको छ। 
 
नेपाल दूर सञ्चार प्राधिकरणको एक तथ्याङक अनुसार हाल मुलुकको लगभग ९५ प्रतिशत भागमा मोवाइल सेवाको पहुँच पुगेको छ । मोवाइलसेवामा एनसेलको प्रवेश पश्चात यस्तो अवस्था आएको हो । त्यसअघि मोवाइल सेवाको पहुँच शहरी क्षेत्रमा सिमित र हुनेखाने वर्गको पहुँचमा मात्रै थियो । मोबाईलको पहुँच विस्तार भएपश्चात अहिले मोबाईल प्रत्येक व्यक्तिको आधारभूत मानव अधिकारको रुपमा स्थापित हुन थालेको छ । नागरिकले मोबाईलबाटै अद्यावधिक सूचना, समाचार, ज्ञान हासिल गर्दै अवसरहरुको पहिचान र लाभ लिन सकिरहेका छन्।
 
एनसेलको नेटवर्कले आज हजारौं स्थानिय तथा विदेशी पर्यटकलाई आकस्मिक अवस्थामा मद्दत प्राप्त गर्न तथा जीवन रक्षा गर्न सघाई रहेको छ । जसका कारण आम ग्राहक अहिले एनसेलको सेवाप्रति आकर्षित भैरहेका छन् । आम ग्राहकको चाहनालाई मध्य नजर गर्दै एनसेलले आफ्नो सेवालाई अझै परिस्कृत गर्दै लैजाने प्रतिवद्धता समेत जनाएको छ। 
 
ऐनसेलले भ्वाईस सेवाको विस्तार ७५ वटै जिल्लामा गरिसकेको छ । शुरुका दिनमा डेटा सेवा मुख्यतः शहरकेन्द्रित रहे पनि एनसेलले ३ जी विस्तार तथा सुलभदरका प्याकहरु मर्फत त्यसको प्रबद्र्धन गरिरहेको छ । जसले गर्दा आजको दिनमा ग्रामिण तथा दुर्गम जिल्लामा समेत ग्राहकहरुले अनलाईन समाचार, ईमेल तथा फेसबुक चलाइरहेका छन् । हाल एनसेलले ६३ जिल्लामा थ्रिजी सेवा विस्तार गरिसकेको छ र यो विस्तारको क्रम निरन्तर चलि नै रहेको छ । इन्टरनेटको क्षेत्रमा ऐनसेलको प्रवेश अगाडि अत्यन्तै न्युन मानिसको पहुँचमा मात्रै इन्टरनेट सेवा थियो । अहिले ६३ जिल्लमा इन्टरनेट सेवा पुग्नुमा एनसेलकै प्रमूख देन रहेको पाइन्छ।
 
एनसेलको प्रवेशसँगै मोवाईल सेवा सबैका लागि सुलभ भएको हो । यसले गर्दा ग्रामिण तथा दुर्गमका नागरिक पनि मोबाईलमा कनेक्टेड हुँदै मोबाईल मार्फत नै आफन्त तथा प्रियजनसँग सम्पर्क गरिरहेका छन्। 
 
आफ्नो सेवा विस्तारका क्रममा एनसेलले असार ३१, २०७२ सम्म नेपालमा ८१ अर्ब ८५ करोड रुपैयाँभन्दा बढी लगानी गरेको छ। कम्पनीले प्रत्येक वर्ष आर्जन गरेको आयलाई उल्लेख्यरुपमा नेपालमै पुनः लगानी गरिरहेको छ । एनसेलले देशको कुल ग्राहस्थ उत्पादनमा करिब २ प्रतिशत योगदान पुर्याएको छ भने सरकारको राजश्व ढुकुटीमा पनि प्रत्येक वर्ष कुल ग्रार्हस्थ उत्पादनको करिब १ प्रतिशत बराबरको योगदान पुर्‍र्याइरहेको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ