arrow

पुन: बहाली भएका एन्फाका चार पदाधिकारी पदस्थापन

logo
प्रकाशित २०७३ जेठ २१ शुक्रबार
karma-chiring-new.jpg.jpeg
काठमाडौँ। अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले पुनर्बहाली गर्ने निर्णय भएका तीन उपाध्यक्षलाई आज पदस्थापन गराएको छ ।  ललिपुरस्थित एन्फा कम्प्लेक्समा सम्पन्न कार्यसमिति बैठकमा कर्मा छिरिङ शेर्पा, विजयनारायण मानन्धर र किशोर राईलाई उपाध्यक्षमा र पङ्कजविक्रम नेम्वाङलाई सदस्यमा पदस्थापन गरेका हुन् । 
 
विश्व फुटबल महासङ्घ (फिफा)ले पुनर्बहाली गर्न दिएको निर्देशनबमोजिम उनीहरुलाई एन्फाले गत बुधबार मात्र पुनर्बहाली गर्ने निर्णय गरेको थियो । एन्फाले उनीहरुलाई गत असोज ११ गते बर्खास्त गरेको थियो । तीन उपाध्यक्ष र एक सदस्यको पुनर्बहालीसँगै उनीहरुको ठाउँमा नियुक्त भएकाले भने राजीनामा दिएका छन् । उपाध्यक्ष मणि कुँवर, सन्तोष बानियाँ र वीरबहादुर खड्का तथा सदस्य अरुणमान जोशीले राजीनामा दिएका हुन् । 
 
राजीनामा स्वीकृत गर्दै एन्फाले बानियाँलाई मानार्थ उपाध्यक्ष र जोशीलाई मानार्थ सदस्य मनोनित गरेको छ । कुँवर र खड्कालाई सहायक महासचिव मनोनीत गरिएको एन्फाले जनाएको छ । यसैबीच एन्फाको बैठकले पुनर्बहालीपछि अदालतमा चलिरहेको मुद्दा फिर्ता लिन आग्रहसमेत गरेको छ । 
 
त्यस्तै एन्फाको बैठकले गत वर्षको भूकम्पपछि दुर्घटनामा परी निधन भएका तत्कालिन कावा अध्यक्ष लतितकृष्ण श्रेष्ठको अर्धकदको सालिक एन्फा परिसरमा यही जेठ २९ गते स्थापना गर्ने निर्णय गरेको छ । बैठकले यीसँगै सातभन्दा बढी महत्वपूर्ण निर्णय गरेको एन्फाका प्रमुख कार्यकारी अधिकृत तथा प्रवक्ता इन्द्रमान तुलाधरले जानकारी दिए । रासस 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ