arrow

यो कामको लागि चाहिदैन कुनै डिग्री, ३३ दिन बिदासहित पाइन्छ करोडौंको तलब

logo
प्रकाशित २०७७ कार्तिक २९ शनिबार
palace.jpg

काठमाडौं । आजको युगमा, सबैजना राम्रो शिक्षा प्राप्त गरेपछि राम्रो तलब भएको जागिर प्राप्त गर्न चाहन्छन् ।  तर राजमहलको रेखदेख गरेरै शिक्षित व्यक्तिले भन्दा बढी तलब पाइन्छ भन्दा हास्यास्पद लाग्न सक्छ। तर कुरा सत्य हो ।

बेलायती शाही परिवारमा एक सक्षम हाउसकीपरको लागि सबै मापदण्ड पूरा गरेमा २९ लाख नेपाली रुपैयाँ भन्दा बढि  प्रारम्भिक तलब पाइनेछ। कामको बारेमा जानकारी रोयल परिवारको आधिकारिक वेबसाइट, 'द रोयल  हाउसहोल्ड' मा दिइएको थियो। आवेदन गर्न अन्तिम मिति नोभेम्बर १ थियो। आवेदकहरुले नोभेम्बर २ सोमबार अन्तर्वार्ताका दिए ।

'द रोयल हाउसहोल्ड' मा दिइएको जानकारी अनुसार, यो लेभल २ अप्रेन्टिसशिप काम हो । जसको पोष्ट हाउसकीपिंग सहायक हो। यस कामका लागि छनौट गरिएका उम्मेद्वारहरूले ब्रिटेनको विन्डसर क्यासल (महल) मा काम गर्नुपर्नेछ। हप्तामा पाँच दिन काम हुनेछ र दुई दिन छुट्टी पाइनेछ। यस बाहेक, छनौट गरिएको व्यक्तिले एक बर्षमा ३३ दिन बिदा (बैंक छुट्टी सहित) पाउनेछन् ।

तलब बाहेक, छानिएका व्यक्तिले बस्ने र खाने खर्च ब्रिटेनको शाही परिवारले नै दिनेछ । यति मात्र होईन, रोजगारमा यात्रा खर्च पनि छुट्टै उपलब्ध हुनेछ।  जागिरका लागि अंग्रेजी र गणित मा अब्बल हुन अनिवार्य छ।

यस कामका लागि चयन भएका उम्मेद्वारलाई पहिलो १३ महिनाको लागि प्रशिक्षण दिइनेछ। त्यसपछि उनलाई स्थायी कर्मचारीको रूपमा शाही परिवारले काममा राख्नेछ। कामका क्रममा उनलाई बेलायती महारानी बस्ने बकिंघम प्यालेससहित शाही परिवारका विभिन्न घरहरुमा स्थानतरण गरिनेछ ।

यस कामको लागि छनौट गरिएको व्यक्तिको मुख्य काम शाही दरबारहरूको भित्री भागहरूमा सफाई हुनेछ। साथै, उसले दरबार भित्रका चीजहरूको हेरचाह पनि सुनिश्चित गर्नुपर्दछ। बेलायतको शाही दरबारहरूमा सयौं मानिसहरू काम गर्ने गर्छन् । ती सबैको तलब धेरै राम्रो हुने गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ