arrow

दुई वर्षपछि कङ्काल फेला परेका पत्रकार खड्काको विधिवत अन्त्येष्टि

logo
प्रकाशित २०७७ कार्तिक २९ शनिबार
teju-bajura.jpg

डोटी । नेपाल प्रेस युनियन डोटीका सस्थापक अध्यक्ष पत्रकार तेजबहादुर खड्का (तेजु) को शनिबार अन्त्येष्टि गरिएको छ ।

 रेडियो नेपाल दिपायलमा लामो समय काम गरेका पत्रकार खड्का विसं २०७५ भदौ ९ गते बाजुराको प्रसिद्ध क्षेत्र बूढीनन्दा मेलाबाट फर्कने क्रममा बेपत्ता भएपछि खोजीका क्रममा जिवित नरहेको पुष्टि भएपछि विधिवत अन्त्येष्टि गरिएको हो । 

उनका दाजु कृष्ण खड्का र छोरा सुमन खड्काले सेती नदी किनारमा दागबत्ती दिएर शनिबार अन्त्येष्टि गरिएको हो । अन्त्येष्टि कार्यक्रममा नेपाली काँग्रेस डोटी जिल्ला नेता जीतबहादुर खड्का, क्षेत्रीय सभापति विजय खड्का र सञ्चारकर्मीको उपस्थिति रहेको थियो ।

बेपत्ताको दुई वर्षपछि विसं २०७६ मङ्सिर २ गते जडिबुटी संङ्कलन गर्न गएका बाजुराका स्थानीयवासीले खड्काको ज्याकेट, झोला, पर्स, परिचयपत्र, मोबाइलसहित कङ्काल फेला पारेका थिए । 

कङ्काललाई नेपाल प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशालामा उनकी आमा मन्धरीदेवी खड्काको रगतसँग डिएनए परीक्षण गर्दा सो अवशेष पत्रकार खड्काकै भएको पुष्टि भएको थियो । त्यसपछि गत असार १७ गते सरकारले पत्रकार खड्काको मृत्यु भएको घोषणा गरेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ