arrow

घर किन्न पुग्ने मूल्यको एउटा पानीखाने बोतल !

logo
प्रकाशित २०७७ कार्तिक ३० आइतबार
water1.jpg

कामठमाडौं । सामान्य हिसाबमा पानीको बोतलको लागि कति रुपैयाँसम्म पैसा खर्चिनुपर्ला ? यसको उत्तर बढीमा सय देखि हजाररुपैयाँसम्म पर्ला । यद्यपि बेवर्ली नामक कम्पनीले यस्तो पानी खाने बोतल बनाएको छ, जसको मूल्य सुन्दा जो कोही अचम्मित हुन्छन् ।

कम्पनीको बेवर्ली हिल्स ९ओएच२ओ नामक बोतलको मूल्य करिब १ करोड नेपाली रुपैयाँभन्दा बढी पर्छ । यसलाई विभिन्न किसिमको महँगा धातु तथा रत्नले सुसज्जित गरिएको छ । अमेरिकी कम्पनी बेवर्लीले आफ्नो व्यापार विस्तारको क्रममा यस किसिमको पानी खाने बोतल ल्याएको हो । यो बोलत धनी मानिसहरुलाई लक्षित गरी अघि सारिएको हो ।

यो बोतलमा केवल १ लिटर पानी हुन्छ । यो बेतलमा एउटा सेतो हिरा र २५० ओटा कालो हिराको प्रयोग गरिएको छ । निर्माताले यो बोतल पार्टीमा मदिरा नपिउने तर आफ्नो बडप्पन देखाउन चाहने मानिसहरुको रजाइमा पर्ने बताएका छन् । कम्पनीले यसका साथै अन्य विभिन्न चार किसिमका बातलहरु पनि बजारमा ल्याउने छ, जसमा उल्लेख्यमात्रामा हिराहरुको प्रयोग गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ