arrow

अमिताभको दिवाली पार्टीमा आगलागी !

logo
प्रकाशित २०७७ कार्तिक ३० आइतबार
amitb-party.jpg

काठमाडौं ।  बलिउड महानायक अमिताभ बच्चन र उनको परिवारले दिवालीमा सबैभन्दा ठूलो पार्टी दिने गर्छन् । गत बर्ष अमिताभ बच्चनको दिवाली पार्टीमा ऐश्वर्या रायको म्यानेजरको लेहंगामा आगो लागेको थियो । सो आगो शाहरुख खान र ऐश्वर्यले निभाए।  कोरोना भाइरसको कारण बच्चन परिवारले यस वर्ष कुनै ठूलो कार्यक्रम आयोजना गरेका छैनन् । पारिवारिक सदस्यको मृत्यु भएका कारण पनि दिवाली नमनाएका हुन्।

गत बर्षको दिवाली पार्टीमा ऐश्वर्या रायको म्यानेजर अर्चना सदानंदको कपडामा आगो लागेको थियो ।  घटनालाई लिएर शाहरुख खानको पीआर टीमले पहिले बाजी मारेको थियो । टीमले शाहरुखलाई यस घटनाको नायक बनाएका थिए ।  तर ऐश्वर्याको  म्यानेजरको जीवन शाहरुख खानले नभइ ऐश्वर्या रायले बचाएकी थिइन् ।

अङ्ग्रेजी ट्याब्लोइड मिडडेले पहिलो पटक अमिताभ बच्चनको दिवाली पार्टीमा अर्चना सदानन्दको लेहंगामा आगो लागेको र अर्चनालाई आगोबाट बचाउनेको श्रेय शाहरुख खानलाई दियो। यसका साथै सलमान खानले इन्स्टाग्राममा एक पोस्ट शेयर गरे। सो पोष्टको साथ प्रकाशित भिडियोमा शाहरुख खानको शर्ट जलेको देखिन्छ र शाहरुख निस्फिक्रि देखिन्छन्। सँगै, सलमान खानको आवाज चलिरहेको छ , "नायक त्यो हो जसले आगोमा गएर अरुलाई बचाउछ ।"

वास्तवमा अर्चना सदानन्दको लेहंगामा आगो लागेपछि ऐश्वर्या रायले आफैंले उनको जीवन बचाउन अघि सरिन् । उनी अर्चनाको छेउमा नै थिइन् । जसै लेहंगामा आगो लाग्नाले पार्टीमा हिल्ला मच्चियो उनले अर्चनाको लंहगा च्यातेर उनको शरीरबाट अलग गरिन् र आगोलाई निभाइन् ।  यसपछि अलि पर उभिएका शाहरुख खानले आफ्नो सेरवानी खोले र अर्चनाको शरीर छोपिदिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ