arrow

डोटीका पहिलो जिल्ला सभापति तथा कांग्रेस नेता उपाध्यायको निधन

logo
प्रकाशित २०७७ कार्तिक ३० आइतबार
keshavraj-updhaya.PNG

डोटी । नेपाली कांग्रेस डोटीका नेता, पूर्व जिल्ला विकास समितिका सभापति केशबराज उपाध्यायको निधन भएको छ । दमका बिरामी नेता उपाध्यायको उपचारका क्रममा नेपालगञ्ज स्थित कोहलपुर अस्पतालमा निधन भएको हो ।

काठमाण्डौंबाट दशैंका लागि कैलाली आएका ७४ वर्षीय नेता उपाध्यायको स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि नेपालगञ्ज स्थित कोहलपुर अस्पताल लगिएको थियो । उनको आइतबार बिहान अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

बहुदल आएपछि २०५९ सालमा जिल्ला विकास समितिको पहिलो सभापतिमा निर्वाचित उपाध्याय विद्यार्थी जीवनकाल देखि नै राजनीतिमा सक्रिय थिए ।

नेता उपाध्यायको कैलाली स्थित टिकापुरमा आजै दाहसंस्कार गरिने नेपाली कांग्रेस डोटीका नेता लक्ष्मीराज पाठकले जानकारी दिए ।

डोटीको बोगटान फुड्सील गाउँपालिका वडा नं. ७ खत्याडी निवासी नेता उपाध्यायका पत्नी र तीन छोरा छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ