arrow

प्रदेश १ मा पचासी संक्रमित थप, गण्डकीमा दुईसय पाँच

logo
प्रकाशित २०७७ कार्तिक ३० आइतबार
covid-test-positive-corona.jpg

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टाको अवधिमा ८५ जना करोना संक्रमित थपिएका छन् । सो अवधिमा गरिएको ४२६ जनाको पिसिआर परीक्षणमा ३३ महिला र ५२ पुरुषको रिपोर्ट पाजेटिभ आएको  सामाजिक विकास मन्त्रालयले जनाएको छ।

संक्रमितमा मोरङमा २९ मध्ये विराटनगरमा १८, सुनसरीमा २४, ताप्लेजुङमा सात, तेर्‍हथुम र धनकुटामा छ-छ, झापामा पाँच, इलाममा चार, उदयपुरमा एक र प्रदेश बाहिरका तीन जना रहेका छन् ।  प्रदेशमा आज १५३ जना संक्रमित निको भएर घर फर्केका छन् भने उनीहरुको सङ्ख्या अहिलेसम्म १७ हजार ९३१ पुगेको मन्त्रालयले जनाएको छ ।  यस प्रदेशमा हालसम्म एक लाख ७८ हजार ५०५ जनाको पिसिआर परीक्षण भएको 

गण्डकीमा २०५ जना संक्रमित थपिए
गण्डकी प्रदेशमा आज २०५ जना कोरोना संक्रमित थपिएका छन् ।  प्रदेशमा संक्रमितको सङ्ख्या १० हजार ४९० पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवम् गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोदविन्दु शर्माले जानकारी दिए । 

आज थपिनेमा सबै भन्दा बढी कास्की जिल्लाका ११० जना छन् । त्यस्तै नवलपरासी(पूर्व)का ३६, मुस्ताङका १३, गोरखा र लम्जुङका १४-१४ जना छन् भने बाग्लुङका नौजना, तनहुँका छजना र पर्वतका तीनजनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित सबैको आइसोलेसन व्यवस्थापनको तयारी भैरहेको निर्देशनालयले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ