arrow

नेटटिभीमा पहिला चलचित्र हेर्ने र भुक्तानी पछि गर्ने सुविधा, शुरुमै अक्षय कुमारको 'लक्ष्मी'

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ मंसिर १ सोमबार
akshya-laxmi.jpg

काठमाडौं। नेपालमा आईपीटीवी सेवा प्रशारण गर्दै आएको कम्पनी नेटटिभीले बलीवुडको ब्लकबस्टर चलचित्र 'लक्ष्मी' लाई नोभेम्बर १६ देखि नेपालको दुबै प्लेटफर्म नेटटिभी सेटटप बक्स र नेटटिभी एप मार्फत हेर्न सकिने गरि ग्राहक समक्ष ल्याइएको छ । अक्षय कुमार अभिनित चलचित्र दीपावलीमा सबैभन्दा ठूलो रिलीज हो र यो चलचित्र विश्वव्यापी डिजिटल प्लेटफर्ममा रिलीज भएको हो ।

वर्ल्डलिंकका ग्राहकहरू जो सँग नेटटिभीको सदस्यता छ, यस चलचित्रलाई टिभीमा पनि रिलीज भएको पहिलो दिनमा नै नेटटिभी सेटटप बक्स मार्फत हेर्न सकिने नेटटिभीले जनाएको छ। अरू गैरवर्ल्डलिंक ग्राहकहरूले नेटटिभी एप डाउनलोड गरेर आफ्नो मोवाइलमा चलचित्र हेर्न सकिने नेटटिभीले जनाएको छ।

नेटटिभीका प्रमुख कार्यकारी अधिकृत निरान राजभण्डारीले सबै सिनेमा हल र मल्टिप्लेक्सहरु बन्द भएको अवस्थामा मनोरन्जनका विकल्पहरू कम भएका बलिउडको ठूलो वजेटको चलचित्र लक्ष्मीलाई पहिलो दिन पहिलो कार्यक्रमबाट नै नेटटिभी प्लेटफर्म मार्फत नेपालका सबै मानिसहरूलाई हेर्नका लागी ल्याउन पाउँदा अत्यन्तै उत्साहित भएको बताएका छन्। कठिन महामारीको बाबजुद पनि नेटटिभी सेट टप बक्स र एपमा सबैलाई सकेसम्म बढी मनोरन्जन कार्यक्रमहरु ल्याउने प्रयास रहेको जनाउँदै राजभण्डारीले सबै नेपालीहरु सुरक्षित साथ आफ्नो घरमै चलचित्र हेरेर आनन्द लिन सक्ने बताएका छन् । 

नेटटिभीले आफ्ना सबै ग्राहकहरूलाई निर्धक्क रूपमा चलचित्र हेर्नको लागि अनुरोध गरेको छ। साथै नेटटिभीले “ पहिला चलचित्र हेर्नुहोस र भुक्तानी पछि गर्नुहोस् ” नामक ग्राहकहरूको लागी विशेष सुविधा पनि सुरु गरेको छ ।

नेटटिभीले लाइभ टिभी, चलचित्र, माग अनुसारको भिडियो लगायतका सेवाहरु टीभीमा नेटटिभी सेटटप बक्स र मोबाइलमा नेटटिभी एप मार्फत आमनेपालीका लागि मनोरञ्जन समग्रीहरू प्रदान गर्दै आइरहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ