arrow

कागेश्वरी पुस्तकालयको प्राङ्गणमा देवकोटा, अर्याल र विकलको पूर्णकदको शालिक

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ मंसिर १ सोमबार
mahakabi-kageshwori-library.jpg

काठमाडौं । राजधानीको कागेश्वरी मनहरा नगरपालिकास्थित कागेश्वरी पुस्तकालयको प्राङ्गणमा महाकवि लक्ष्मीप्रसाद देवकोटा, हाँस्य शिरोमणि भैरव अर्याल र आख्यान शिरोमणि रमेश विकलको पूर्णकदको शालिक स्थापित गरिएको छ । देवकोटाको शालिक एक वर्ष अघि नै तयार गरिएपनि अर्याल र विकलको शालिक हालै तयार गरिएको हो ।

१ सय ११ औं लक्ष्मीजयन्तीका अवसरमा वरिष्ठ साहित्यकार एवम् नेपाल कम्युनिष्ट पार्टीका नेता प्रदीप नेपालले स्रष्टाहरुको शालिकमा माल्यार्पण गरे । कागेश्वरी पुस्तकालयको व्यवस्थापन र आयोजनामा भएको कार्यक्रममा प्रतिनिधिसभाका सदस्य कृष्ण राई, बागमती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाल, कागेश्वरी मनहरा नगरपालिकाका प्रमुख कृष्णहरी थापा लगायतको उपस्थिति थियो । यस स्मारकको निर्माणको परिकल्पना नेकपाका नेता रामेश्वर फुँयालले गरेका थिए।

आर्थिक वर्ष २०७५ र ७६ मा रु. ४० लाख विनियोजन गरेर शान्ति उद्यान र लक्ष्मीप्रसाद देवकोटा सालिक निर्माण गरिएको फुयालले बताए । आर्थिक वर्ष २०७६/७७ मा २९ लाख विनियोजन गरेर बाँकी दुई साहित्यकारहरूको सालिक निर्माण गरिएको हो । १०९ औं लक्ष्मी जयन्तीका अवसरमा फुयाल सहित नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति गंगाप्रसाद उप्रेती र १ सय १ साहित्यकारहरुले रु. १ का दरले चन्दा दान गरेर तीन जना साहित्यकारहरूको पूर्णकदको अष्टधातुको प्रतिमा निर्माणको शिलान्यास गरिएको थियो ।

स्मारकको निर्माण यही वर्ष सम्पन्न भएता पनि कोरोना महामारीको कारणले औपचारिक उद्घाटन नगरिएको फुयाँलले बताए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ