arrow

प्राधिकरणका कर्मचारीको बाटोमै मृत्यु, कोरोना पुष्टिपछि अस्पताल बन्द

logo
प्रकाशित २०७७ मंसिर १ सोमबार
covid-test-positive-corona.jpg

दार्चुला । श्वास फेर्न गाह्रो भएर अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएका दुहु गाउँपालिका-२ का ३० वर्षीय युवामा कोरोना संक्रमण पुष्टि भएको छ । उनलाई दुई दिन अघिदेखि श्वास फेर्न गाह्रो भएको थियो । 

नेपाल विद्युत प्राधिकरण दार्चुला वितरण केन्द्रमा कार्यरत कर्मचारीको जिल्ला अस्पताल दार्चुलामा उपचार सम्भव नभएपछि थप उपचारको लागि धनगढी लैजाने क्रममा बैतडीको सतबाजमा मृत्यु भएको थियो । 

कोरोनासँग मिल्दोजुल्दो लक्षण भएपछि स्याब सङ्कलन गरी कोरोना परीक्षण गर्दा उनको कोरोना पोजेटिभ देखिएको बैतडी अस्पतालका प्रयोगशाला प्रमुख श्यामराज जोशीले जानकारी दिए ।

जिल्ला अस्पतालको आकस्मिक र प्रसुति सेवाबाहेकको अन्य सेवा बन्द गरिएको छ । ती युवकको उपचारमा अस्पतालका कर्मचारी खटिएका कारण कोरोनाको जोखिमलाई मध्यनजर गर्दै अस्पतालले सोमबारदेखि आकस्मिकबाहकेका सबै सेवा बन्द गरिएको अस्पतालका डा गजेन्द्र दुवालले बताए । 

अस्पतालले आकस्मिक र प्रसुति सेवाबाहेकका अन्य सेवा अर्को सूचना नभएसम्मका लागि बन्द गरिएको जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ