arrow

कोपा अमेरिका: उद्घाटन खेलमा कोलम्बियाद्वारा अमेरिका पराजित

logo
प्रकाशित २०७३ जेठ २२ शनिबार
COpa_Col_USA.jpg.jpeg
काठमाडौं। कोपा अमेरिका २०१६ संस्करणको उद्घाटन खेलमा कोलम्बियाले अमेरिकालाई २-० गोलले पराजित गरेको छ। आयोजक अमेरिकालाई उदघाटन खेलमा कोलम्बियाले पराजित गरेको हो। 
 
खेलको ८औं मिनेटमा कोलम्बियाका क्रिष्टियन जाप्टाले गोल गर्दै १-० को अग्रता दिलाएका थिए। कोलम्बियाले पाएको कर्नरमा जाप्टाले अमेरिकी रक्षापंक्तिका खेलाडीलाई झुक्याउँदै गोल गरेका हुन्। 
 
खेलको ४२औं मिनेटमा अमेरिकाका डियान्ड्रे येडलिनले ह्याण्ड गरेपछि पाएको पेनाल्टीमा हामेस रोड्रिगेजले पेमाल्टी मार्फत गोल गर्दै केललाई २-०को अग्रता दिलाएका थिए। 
 
अमेरिकाले पनि गोल गर्ने  केही राम्रो मौका गुमाएको थियो भने कोलम्बियाले गोल थप्ने मौकाहरु सृजना गर्दा पनि गोल हुन सकेको थिएन्। 
 
भोलिको खेल कोस्टारिका र पाराग्वे बिच हुनेछ भने समुह बी अन्तर्गत हाईटी र पेरु एवं ब्राजिल र ईक्वेडर बिच खेल हुनेछ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ