arrow

त्रिकोणीय क्रिकेट: नाराईनको बलिङ सामु अफ्रिका निरिह

logo
प्रकाशित २०७३ जेठ २२ शनिबार
WI_SA_naraine.jpg.jpeg
काठमाडौं। वेष्टईण्डिजमा जारी त्रिकोणीय क्रिकेट श्रृखंलाको पहिलो खेलमा वेष्ट ईण्डिजले दक्षिण अफ्रिकालाई ४ विकेटले पराजित गरेको छ। 
 
टस जितेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिका ४६.५ ओभरमा सबै विकेट गुमाउँदै १८८ रन बनाएको थियो। सुनिल नाराईनको उत्कृष्ट बलिङका सामु अफ्रिकी ब्याट्सम्यानहरु खुलेर खेल्न सकेनन्। नाराईनले ९.५ ओभरमा २७ रन खर्चिंदै ६ विकेट लिएका थिए। 
 
३५.१ ओभरमा ३ विकेटको कष्तिमा १६० रन बनाएको अफ्रिका नाराईनको बलिङ सामु टिक्न सकेन र १८८ रनमा सबै विकेट गुामउँन पुगेको थियो। अफ्रिकाकालागि रिले रोस्सोले ६१ रन बनाएका थिए भने कप्तान एबी डिविलियर्सले ३१ रनको योगदान दिएका थिए। टि-२०  क्रिकेटमा बिस्फोटक ब्याट्सम्यानका रुपमा परिचित डिविलियर्सले ३१ रनको पारीमा कुनै पनि बाउण्ड्री प्रहार गरेनन्। 
 
जवाफमा ब्याटिङ गर्न ओर्लेको वेष्टईण्डिजले ४८.१ ओभरमा ६ विकेटको क्षतिमा १९१ रन बानउँदै खेल जितेको हो। वेष्टईण्डिजका बिस्फोटक ब्याट्सम्यान केरोन पोलार्डले आउट नभई ६७ रन बनाएका थिए। उनले ६७ बलमा ६ छक्का र २ चौकाको मदतले उक्त रन बनाएका थिए। 
 
ड्यारेन ब्राभोले ३० रन र जोन्सन चार्ल्सले ३१ रनको योगदान दिएका थिए। अफ्रिकाकालागि आरोन फासिङ्गोले ३ विकेट लिएका थिए भने ईमरान ताहिरले २ विकेट हात पारेका थिए। खेलका प्लेयर अफ द म्याच सुनिल नाराईन घोषित भएका थिए। 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ