arrow

चार फिट हिउँमा दुई दिन लगाएर परिवारको सम्पर्कमा आए हराएका शाही र सिंह

logo
प्रकाशित २०७७ मंसिर ४ बिहिबार
Darchula-snow.jpg

खलङ्गा । तिहार मान्न जाजरकोटदेखि जुम्ला आएका दुई जना हिमपातले लेकमा अलपत्र परेकामा चार दिनपछि परिवारको सम्पर्कमा आएका छन् । अलपत्र पर्नेमा जाजरकोट, जुनीचाँदे गाउँपालिकाका हरिबहादुर शाही र जुम्ला, तिला गाउँपालिकाका प्रेमबहादुर सिंह छन्। 
    
मौसम राम्रो भएपछि आफूहरु नातेदारको सम्पर्कमा आएको सिंहले बताए । गत कात्तिक २९ गते जाजरकोटबाट हिँडेका सिंह र शाही ३० गते जाजरकोट र जुम्लाको सिमाना कागचुचाको लेकमा भारी हिउँ पर्न थालेपछि हिँड्न नसकी अलपत्र परेको जनाइएको छ । 

कात्तिक ३० गते मध्याह्न १२ बजेपछि हिउँ पर्न छाडी घाम लागेपछि चार फिट हिउँमा दुई दिन लगाएर मङ्सिर १ गते राति आफूहरु दुई जना जाजरकोट फर्केको सिंहले बताए । उनीहरु सम्पर्कविहीन भएको खबर भएपछि कर्णाली प्रदेश सरकारले उद्धार गर्ने तयारी गरे पनि मङ्गलबार सम्पर्कमा आइसकेको प्रेमबहादुरका भाइ धीरबहादुरले जानकारी दिए ।

 अलपत्र परेको क्षेत्र चार हजार दुई सय मिटर उचाइ भएको जनाइएको छ । चार दिन उनीहरुले घरबाट ल्याइएको रोटी र अन्य खानेकुरा खाई ओढारमा बसेका थिए ।   भारी हिउँ अहिले पनि परिरहेको बताइएको छ । सम्पर्कमा आएका सिंहले भने, “कसरी बाँचेर आइयो, अहिले पनि डर लागिरहेको छ । ”



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ