arrow

सीमावर्ती भारतीय निकुञ्जमा भेटियो एक नेपालीको शव

logo
दीपेन्द्र बस्नेत,
प्रकाशित २०७७ मंसिर ४ बिहिबार
sivlal-rana.jpg

कञ्चनपुर । पुनर्वास नगरपालिका ९ स्थित नेपाल-भारत सीमा स्तम्भ १८३ देखि ७० मिटर भारत तर्फ दुधुवा राष्ट्रिय निकुञ्जमा एक नेपाली युवाको शव भेटिएको छ ।  पुनर्वास नगरपालिका ५ उदरी गाउँका ३५ वर्षिय शिवलाल रानाको शव नेपाल - भारत सीमा संगै जोडिएको भारतीय दुधवा निकुञ्ज भित्र भेटिएको प्रहरीले जनाएको छ । 

बुधबार घरबाट निस्केका रानाको बिहीवार भारतको दुधवा राष्ट्रिय निकुञ्ज भित्र शव फेला परेको हो ।  घटनाको जानकारी पाउना साथ ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरीक्षक कैलाश सिंह बिष्टको नेतृत्वमा प्रहरी टोली उक्त स्थानमा पुगि सकेको छ । 

उत्तानो अबस्थामा रहेको रानाको घाँटी भन्दा मुनी छातीमा प्वाल परेको देखिएको छ । हेर्दा गोलि लागेर मृत्यु भएको जस्तो देखिए पनि शव भेटिएको वरपर गोलि चलेको प्रमाण नभेटिएको ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरीक्षक कैलाश सिंह बिष्टले बताए । 

रानाको मृत्यु कसरी भयो भन्ने बारे अनुसन्धान भइ रहेको प्रहरी निरीक्षक बिष्टले जनाए ।  शव अन्यत्र कतैबाट ल्याइ नेपाल -भारत सीमा देखि ७० मिटर पर भारतीय वनमा फलिएको जस्तो देखिएको र वास्तविक घटना स्थलबारे अनुसन्धान भइ रहेको प्रहरीले जनाएको छ । 

सो स्थानमा नेपाल भारत दुबै तर्फका प्रहरीको टोलिले अनुसन्धान गरि गरि रहेको ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ