arrow

सुडानमा विद्रोहीद्वारा २५ सैनिकको हत्या

logo
प्रकाशित २०७३ जेठ २२ शनिबार
sudan.jpg.jpeg
खार्तुम । दक्षिण सुडानको विद्रोही समूहले शुक्रबार दक्षिण कोर्दोफान क्षेत्रमा विद्युतीय धरापमा पारी कम्तीमा पनि २५ जना सुरक्षाकर्मीको हत्या गरेका छन् । 
 
कोर्दोफको सडकमा उनीहरुले राखेको विद्युतीय धरापमा पारी सुडानका सैनिकको हत्या गरेका थिए । हत्यामा सो विद्रोही संगठनको हात रहेको जानकारी उक्त संगठनका प्रवक्ताले जनाएका छन् । 
 
उनले आफ्नो संगठनले थापेको विद्यूतीय धरापमा पारी २५ जना सरकारी सैनिक मारिएका र अरु कैयौं घाइते भएका जनाएका छन् । साथै उनले उक्त धरापमा पारी अत्याधुनिक दुई वटा सवारी साधन पनि क्षतिग्रस्त बनाएको जनाएका छन् । एपी 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ