arrow

गण्डकीमा चारको मृत्यु, एकमा पाँच सय साठी संक्रमित फर्किए घर

logo
प्रकाशित २०७७ मंसिर ४ बिहिबार
covid-test-positive-corona.jpg

गण्डकी । गण्डकी प्रदेशमा बिहिबार १४० जना कोरोना संक्रमित थपिएका छन् भने चार जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कास्कीको पोखरा महानगरपालिका–९ का ८३ वर्षीया महिला, वडा नं १७ का ७५ वर्षीया महिला, वडा न २८ का ६० वर्षीया महिला र लमजुङको बेशीशहर नगरपालिका–५ का ७१ वर्षीय पुरुष रहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या १३१ पुगेको छ । 

बिहिबार थपिने संक्रमितमा सबैभन्दा बढी कास्कीका ७७, नवलपरासी(पूर्व) का २२, बागलुङका ११, गोरखाका १०, तनहुँका नौ, स्याङजाका पाँच, लमजुङका तीन, मुस्ताङका दुई र पर्वतका एक जना छन् ।

 प्रदेशमा कोरोना संक्रमितको सङ्ख्या १० हजार ६८८ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवं गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा विनोदविन्दु शर्माले जानकारी दिए ।

त्यस्तै प्रदेश नं १ मा पछिल्लो २४ घण्टामा विभिन्न अस्पताल र होम आइसोलेशनबाट ५६० कोरोना संक्रमित निको भई घर फर्केका छन् । निको हुनेको सङ्ख्या अहिलेसम्म १९ हजार ७८७ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 

यस्तै प्रदेशमा सोही अवधिमा गरिएको ८३३ जनाको पिसिआर परीक्षणमा ९९ महिलासहित २१८ संक्रमित थपिएका छन् ।

 संक्रमितमा मोरङमा ८६ मध्ये विराटनगरमा ६८, सुनसरीमा ५४, झापामा ४४, पाँचथरमा ११, सङ्खुवासभामा चार, इलाममा तीन, उदयपुरमा दुई, धनकुटा र भोजपुरमा एक-एक र प्रदेश बाहिरका १२ जना रहेको मन्त्रालयले जनाएको छ । 

प्रदेशमा हालसम्म संक्रमितको सङख्या २४ हजार ७३४ पुगेको छ । प्रदेशमा अहिलेसम्म एक लाख ८१ हजार ३६३ जनाको पिसिआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ