arrow

रेडक्रसले दियो सात भेन्टिलेटर, नागरिकले सहजै खोप पाउन अध्यादेश

logo
प्रकाशित २०७७ मंसिर ४ बिहिबार
bhanubhakta-dhakal-minister.jpg

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई नेपाल रेडक्रस सोसाइटीले कोभिड–१९ को रोकथाम र उपचारका लागि सात भेन्टिलेटर उपलब्ध गराएको छ । मन्त्रालयमा बिहिबार आयोजित कार्यक्रममा स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई रेडक्रस सोसाइटीको कार्यवाहक अध्यक्ष शर्मिला कार्कीले उक्त भेन्टिलेटर हस्तान्तरण गरेकी हुन् । सो अवसरमा मन्त्री ढकालले कोभिड–१९ को उपचारका लागि स्वास्थ्य सामग्रीको अभाव हुन नदिने बताए । 

उनले सबै क्षेत्रबाट कोभिड–१९ को विरुद्धमा सहयोग प्राप्त भएकाले सहजै सफलता प्राप्त गर्ने बताए । मन्त्रालयले प्राप्त भएका सामग्री पारदर्शी ढङ्गले वितरण गरिने बताए । संक्रमितको बढी भएका भएका अस्पतालमा भेन्टिलेटर उपलब्ध गराउने उनको भनाइ थियो ।

मन्त्री ढकालले खोप ल्याउन सहज होस् भनेर सरकारले अध्यादेशसमेत ल्याएको जानकारी दिए । राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार कोभिड–१९को विरुद्धको खोप उपलब्धता सहज बनाउन औषधि (तेस्रो संशोधन) अध्यादेश, २०७७ जारी गरेकी थिइन्  । उनले कोभिड–१९ विरुद्ध बनेको खोप उत्पादन गरेर वैधानिकता पाउँदा अन्य देशका नागरिकले खोप पाएसँगै नेपाली नागरिकले सहज तवरले पाउने गरी अध्यादेश ल्याइएको बताए । 

रेडक्रस सोसाइटीका कार्यवाहक अध्यक्ष कार्कीले सामाजिक सङ्घसंस्थाले कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि सरकारसँग हातेमालो गरेर काम गरिरहेको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ