- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
साउदी अरेबिया । साउदी अरेबियास्थित नेपाली राजदूताबासले दमाम र जुवेलमा राहदानी आवेदन संकलनका लागि अस्थायी कार्यालय सञ्चालन गर्ने भएको छ। यसका लागि राजदूताबासले शुक्रबार एक सूचना प्रकाशित गरि जानकारी गराएको हो ।
साउदी अरेबियाको राजधानी रियादमा रहेको नेपाली राजदूताबासले रियाद शहर भन्दा टाढा रहेका सेवाग्राहीलाई पायक पर्ने स्थानबाटै राहदानी नविकरण सेवा प्रदान गर्ने उद्देश्यले पहिलो चरणमा दमाम र जुवेलमा राहदानी आवेदन (फोटो खिच्ने, औंठा छाप, हस्ताक्षर आदि) संकलनका लागि अस्थायी कार्यालय सञ्चालन गर्न लागेको राजदूताबासले जानकारी गराएको हो ।
नेपाली राजदुताबासले अस्थायी कार्यालय स्थापना हुने दमाम शहरमा ४ डिसेम्बर २०२० शुक्रबार र जुवेल शहरमा ११ डिसेम्बर २०२० शुक्रबार हुने भए पनि अस्थायी कार्यालय राख्ने स्थान र समय पछि जानकारी गराइने बताएको छ । राहदानी आवेदन फाराम संकलन गर्दा अनलाइन फाराम भरेकाहरूलाई पहिलो प्राथमिकता दिइने समेत सूचनामा जनाइएको छ ।
राहदानी नविकरणको लागि अनलाइन फाराम भर्न बाँकी रहेकाहरूले आफैंले वा आफ्ना साथीभाईको सहयोगमा अथवा सूचनामा दिएको लिंकबाट यथाशीघ्र अनलाईन फारम भरी पठाउन राजदूताबासले भनेको छ ।