arrow

गँजेडी भारतीय हास्य कलाकार भारती सिंह पक्राउ 

logo
प्रकाशित २०७७ मंसिर ७ आइतबार
bharati-singh-harsha-limbac.jpg

काठमाडौं । भारतीय हास्य कलाकार भारती सिंह पक्राउ परेकी छिन् । उनलाई नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) ले  पक्राउ गरेको हो । एनसीबीका अधिकारीहरुले शनिबार भारती र उनका श्रीमान हर्ष लिम्बाचियाको प्रोडक्सन कम्पनी र घरमा छापा मारेको थियो । दुवै ठाउँमा एनसीबीले ८६.५ ग्राम गाँजा भेट्टाएको हो । 

सोधपुछका क्रममा भारतीले आफूहरुले गाँजा लिने गरेको स्वीकार गरेकी थिइन् । त्यस्तै हर्षसँग एनसीबीले राति अबेरसम्म सोधपुछ गरेको थियो । 

भारतीलाई आइतबार अदालतमा पेश गर्न सकिने बताइएको छ । 

पछिल्ला दिनहरुमा बलिउडमा देखिएको लागुऔषधको जालो तोड्न एनसीबीले आफ्नो अनुसन्धान तिब्र बनाइरहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ