arrow

रहेनन् राखेपका पूर्व कोषाध्यक्ष थापा

logo
प्रकाशित २०७७ मंसिर ७ आइतबार
hom-bd-thapa.jpg

ओखलढुङ्गा । राष्ट्रिय खेलकुद परिषदका पूर्व केन्द्रिय कोषाध्यक्ष होमबहादुर थापाको ५८ वर्षको उमेरमा निधन भएको छ । उनको गत मंसिर १ गते नेपाल मेडिकल कलेज जोरपाटीमा उपचारका क्रममा निधन भएको हो । 

२०५३–५४ सालमा राखेप कोषाध्यक्ष रहेका थापाको आठौं दक्षिण एसियाली खेलकुद नेपालमा सम्पन्न गराउन महत्वपूर्ण भूमिका रहेको थियो । थापालाई तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको मन्त्रीपरिषदले २ बर्षको कार्यकालको लागि ग्रामिण आवास कम्पनीको महाप्रबन्धकका रुपमा समेत नियुक्त गरेको थियो । 

उनले सो जिम्मेवारीसमेत सफलतापूर्वक सम्पन्न गरेका थिए। थापाका झन्डै एक दर्जन बढी व्यापारिक तथा सामाजिक संस्थाको प्रमुख, संस्थापक र सल्लाहकारका रुपमा आवद्धता रहेको थियो ।

वि.सं. २०१८ सालमा ओखलढुंगा गामनाङ्गटारमा जन्मिएका थापाका एक श्रीमती र दुई छोरा छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ