arrow

५० वर्षीय जनस्वास्थ्य अधिकृतको संक्रमणबाट निधन

logo
प्रकाशित २०७७ मंसिर ७ आइतबार
covid-test-corona.jpg

लहान । कोरोना भाइरस संक्रमणका कारण शनिबार सिरहामा जनस्वास्थ्य अधिकृतको मृत्यु भएको छ । 

सिरहाको कल्याणपुर नगरपालिकाका स्वास्थ्य शाखा संयोजक ५० वर्षीय गौरीशङ्कर देवको उपचारका क्रममा विराटनगरस्थित नोबेल मेडिकल कलेजमा मृत्यु भएको हो । 

सप्तरीको राजविराज नगरपालिका–२ निवासी जनस्वास्थ्य अधिकृत देवलाई करीब दुई साताअघि कोरोना पुष्टि भएपछि उपचारका लागि विराटनगरस्थित नोबेल अस्पतालमा भर्ना गरिएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ