arrow

मुगुरुजाले फ्रेन्च ओपन जितिन्, सेरेनाको सपना चक्नाचुर

logo
प्रकाशित २०७३ जेठ २३ आइतबार
french-open-2016.jpg.jpeg
एजेन्सी । चौथो बरियताकी स्पेनिश खेलाडी गार्बिने मुगुरुजाले फ्रेन्च ओपन टेनिसको महिला एकल तर्फको उपाधि जितेकी छन् । शीर्ष बरियताकी अमेरिकन खेलाडी सेरेना विलियम्सलाई २–० को सोझो सेटले हराउँदै मुगुरुजाले करियरकै पहिलो ग्रान्डस्लाम जितेकी हुन् । फिलिप चार्टर कोर्टमा भएको फाइनलमा मुगुरुजाले पहिलो सेट ७–५ ले आफ्नो पक्षमा पार्दा दोस्रो सेट ६–४ ले कब्जा गरिन् ।
 
२२ वर्षीया मुगुरुजासँगको पराजयले २२ वटा ग्राण्डस्लाम उपाधि जितिसकेकी ३४ वर्षीया विलियम्सको २३ औं उपाधि जितेर विश्व टेनिसमा स्टेफी ग्राफले बनाएको कीर्तिमान बराबरी गर्ने सपना चक्ना चुर भएको छ । जितपछि उनले भनिन्, ‘म निकै उत्साही छु, सर्वश्रेष्ठ खेलाडीविरुद्ध खेलेर मैले पहिलो ग्रान्डस्लाम जिते ।’ मलाई थाहा थियो, जित्नका लागि म तयार थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ