arrow

कोपा अमेरिका: पेरुको बिजयी शुरुवात, ब्राजिल बराबरीमा रोकियो

logo
प्रकाशित २०७३ जेठ २३ आइतबार
Copa_bra_EQ.jpg.jpeg
काठमाडौं। अमेरिकामा जारी कोपा अमेरिका फुटबल प्रतियोगितामा आज भएको खेलमा पेरुले हाइटीलाई पराजित गरेको छ भने ब्राजिल र ईक्वेडर बिचको खेल बराबरीमा सकिएको छ। 
 
त्यसैगरि कोस्टारिका र पाराग्वे बिचको खेल पनि गोल रहित बराबरीमा सकिएको छ। 
 
पेरुले पहिलो पटक कोपा खेलिरहेको टोली हाईटीलाई १-० गोलले पराजित गरेको छ। खेलको ६१औं मिनेटमा जोसे पाओलो गुएरेरोले गोल गर्दै पेरुलाई अग्रता दिलाएका थिए। हाईटीले पनि गोल फर्काउने केही राम्रो प्रयास गरेको भएता पनि सफल हुन सकेन्। खेलको अन्तिम मिनेटमा गरेको गोल अफसाईड भएकोले हाइटीको खेल बराबर गर्ने मौका गुमेको थियो। 
 
ब्राजिल र ईक्वेडर बिचको खेल पनि गोल रहित बराबरीमा सकिएको थियो। ब्राजिलले खेलमा केही राम्रा प्रयासहरु गरेता पनि गोल गर्न सकेन र खेल बराबरीमा सकिएको थियो। स्टार खेलाडी नेयमार बिना कोपा खेलीरहेको ब्राजिलले स्ट्राईकरको कमी महशुस गरेको थियो। 
 
त्यसैगरि कोस्टारिका र पाराग्वेको खेल पनि गोल रहित बराबरीमा सकिएको हो। खेलको ९०औं मिनेटमा कोस्टारिकाका केन्डल वाट्सनले रातो कार्ड खाँदै बाहिरिएका थिए। 
 
भोलिको खेल समुह सी अन्तर्गत जमैका-भेनेजुएला र मेक्सिको-उरुग्वे बिच हुनेछ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ