arrow

इंग्लिस प्रिमियर लिगः लेस्टरमाथि लिभरपुलको शानदार जित

logo
प्रकाशित २०७७ मंसिर ८ सोमबार
roberto-firmino-liverpool.jpg

काठमाडौं । डिफेन्डिङ च्याम्पियन लिभरपुलले इंग्लिस प्रिमियर लिग फुटबलमा शानदार जित निकालेको छ । लिभरपुलले आइतबार रातिको खेलमा घरेलु मैदानमा लेस्टर सिटीलाई पराजित गर्न सफल भएको हो । 

लिभरपुल ३–० गोल अन्तरले विजयी भयो । लिभरपुललाई जित दिलाउन डिएगो जोटा र रोबर्टो फर्मिन्होले १–१ गोल गरे भने लेस्टरका जोनी एभाँले आत्माघाती गोल गरे । 

आइतबारका अन्य खेलको नतिजा–
फुल्हम २–३ एभर्टन
शेफिल्ड युनाइटेड ०–१ वेष्टह्याम युनाइटेड
लिड्स युनाइटेड ०–० आर्सनल

अंक तालिका
९ खेलबाट टोटनह्याम हट्सपर शीर्ष स्थानमा रहेको छ । उसको गोल अन्तर १२ रहेको छ । ९ अंकबाटै लिभरपुल दोस्रो स्थानमा छ । उसको गोल अन्तर ५ मात्रै रहेको छ । 

चेल्सी १८ अंकसहित तेस्रो (गोलअन्तर १२) र लेस्टर १८ अंकबाटै (गोल अन्तर ६) चौथो स्थानमा रहेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ