arrow

ह्यारी भण्डारीद्वारा फेरि उम्मेदवारी, एकै बसाईमा २६ हजार डलर सङ्कलन 

logo
प्रकाशित २०७७ मंसिर ८ सोमबार
harry-bhandari.jpg

अमेरिका । अमेरिकी राज्य मेरील्याण्डको निर्वाचन क्षेत्र संख्या ८ बाट विधान सभा सदस्यमा विजयी भएका ह्यारी भण्डारी दोश्रो कार्यकालको लागि उम्मेदवारी दिने भएका छन् । कोरोना भाइरसको महामारीका कारण परोक्ष रुपमा आयोजना भएको उम्मेदवारी घोषणाको साथै कोष वृद्धि कार्यक्रममा एकै बसाईमा २६ हजार डलर सङ्कलन भएको छ । 

विधान सभा सदस्य भण्डारीले प्रत्यक्ष प्रसारण कार्यक्रममार्फत आफूले उम्मेदवारी दिने जानकारी दिएका थिए । उक्त जुम कार्यक्रममा विभिन्न विशेष व्यक्तिहरुले उनलाई सहयोग गर्ने घोषणा गरी कूल २६ हजार डलर संकलन गरेको आतिथ्य गरेका व्यवसायी ध्रुव वन्तले जानकारी दिए । कार्यक्रममा उपस्थित भएका दर्जनौं विभिन्न पेशामा संलग्न व्यक्तिहरुले मन्तब्य राखेका थिए । 

सबैले पुनः एक पटक भण्डारीलाई जिताउनु पर्ने भन्दै के कस्तो सहयोग गर्न सकिन्छ भन्दै आर्थिक सहयोगको साथै पूर्ण सहयोग गर्ने बताएका थिए । सबैले नेपाली समुदायका जनप्रतिनिधि हुँदा नेपाली समुदायलाई उनले गरेको सहयोगको मुक्त कण्ठले प्रशंसा गर्दै दोश्रो पटक जिताउन लाग्नु पर्ने सबैले प्रतिबद्धता जाहेर गरेका थिए । 

भण्डारीले आफूले नेपाली समुदायलाई पनि सक्दो सहयोग गरेको र आफूले गरेका काम बारेमा संक्षेपमा प्रकाश पर्दै पुनः एक पटक सहयोग मागेका थिए । भण्डारी अमेरिका आएका नेपाली समुदायको इतिहासमा सबैभन्दा पहिला मूलधारको राजनीतिमा राज्य विधान सभा सदस्यको रुपमा खाता खोल्ने व्यक्ति हुन् । 

भण्डारी मुलुक बाहिर मूलधारको राजनीतिमा प्रवेश पाउने र सभासद बन्ने सम्भवत भण्डारी पहिला नेपाली मूलका हुन् । पर्वत जिल्लाबाट सन् २००५ मा उनी अमेरिका आएका थिए । भण्डारी नेपालमा अंग्रेजी भाषा पढाउँथे । अमेरिकामा पनि उनी प्राध्यापन पेशामा नै संलग्न छन् ।

२६ जुन २०१८ मा भएको प्राथमिक चरणको निर्वाचनमा डेमोक्र्याटिक दलका तर्फबाट उनी दोश्रो स्थान हासिल गरी बिजयी बनेका थिए । उक्त प्राथमिक निर्वाचनमा मैदाना उत्रिएका ४ जना प्रतिस्पर्धीहरुमा एरिक ब्रोम्वेल पहिलो, भण्डारी दोश्रो र तेश्रो स्थानमा कार्लज्याक्स विजयी भएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ