arrow

जानी नजानीले चर्चा बटुल्दै (भिडियोसहित) 

logo
प्रकाशित २०७७ मंसिर ८ सोमबार
jaani-najaani-music-video.jpg

काठमाडौं। भर्खरै सार्वजनिक भएको “जानी नजानी”को म्युजिक भिडियोले चर्चा बटुल्न थालेको छ। गायिका मिलन नेवारको आवाजमा रहेको गितमा शब्द लुनिभा श्रेष्ठको रहेको छ भने सुमधुर संगित सुनिल मास्केको रहेको छ।

उक्त गीतको संगीत व्यवस्थापन सञ्जिव बराईलीले गरेका छन्। मिक्सिङ् र मास्टरिङ् किशोर थापाले गरेका छन्। झन्डै ३ मिनेट ४० सेकेन्डको म्युजिक भिडियोमा रुबिस्का श्रेष्ठ र समिर खनालको अभिनय रहेको छ जसले दर्शकलाई पुरै गीतमा बाँधेर राख्न सफल भएको छ। ओ एस आर डिजिटलको आधिकारीक य़ुट्युब च्यानलमार्फत सार्वजनिक भएको म्युजिक भिडियोमा युवराज वाईबाको निर्देशन रहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ