arrow

युरो २०१६ : नवयुग रोनाल्डोका फ्यान, ‘पोर्चुगल भन्दा स्पेन राम्रो’

logo
प्रकाशित २०७३ जेठ २३ आइतबार
nawayug-new-pic-.jpg.jpeg
काठमाडौं । सन् २०१६ को युरोकप आउँदो शनिबारबाट फ्रान्समा सुरु हुँदैछ । यस पटक नियमित सहभागि राष्ट्रको संख्या १६ बाट २४  पुगेको छ । यसको फाइदा उठाउदै पहिलो पल्ट ५ नयाँ राष्ट्रले यसपटकको युरो कपको टिकट काटेका छन् भने अर्को तर्फ सहभागि संख्या एकतिहाइले बढाइएपनि तीन पूर्व विजेता केही मुलुक यो सिजनको युरो कपमा छनौट हुन सकेनन् ।
 
यसपटक नयाँ खेलाडी आगमन र पुराना खेलाडीको प्रदर्शन रोचक हुने अनुमान छ । नेपालमा समेत युराकपको माहोल तातिएको छ । ‘मीनी वर्ल्र्ड कप’का रुपमा चिनिने युरोकपबारे नेपाली फुटबल हस्तीहरुले रोचक प्रतिक्रिया दिएका छन् । नेपाली फुटबलका तारा नवयुग श्रेष्ठ युरोकपलाई विश्व कप पछिको दोस्रो ठूलो उत्सव भन्दछन् । उनले हाम्राकुरासंग भने, ‘युरोकप विश्वकप पछिको दोस्रो ठूलो फुटबल प्रतियोगिता हो । यसका कस्ले जित्छ भन्ने आँकलन अहिले नै गर्न सकिँदैन ।’ सबै राष्ट्रका टिम उस्ता–उस्तै छन् । यसपटक झन् निकै प्रतिस्पर्धा हुने देख्छु । 
 
युरोकप हेर्ने योजना
अहिले म बाहिर कुदिरहेको छु । बाहिर साथीहरुसंग हुन्छु । अहिले तत्काल टुर्नामेन्ट छैन । साथीहरुसंगै हेरिन्छ । राजधानीमै भइन्छ होला ।   
 
मनपर्ने खेलाडी र राष्ट्र
नवयुले आफुलाई पोर्चुगिज स्टार क्रिश्चियानो रोनाल्डो मन पर्ने बताए । यद्यपि, मुलुक रोज्दा स्पेन रोज्छु, उनले भने, ‘रोनाल्डो भएकै कारण पोर्चुगल मन पर्छ । नभए टिमका हिसाबले स्पेन मन पर्छ ।’ पोर्चुगलको टिम खासै राम्रो छैन । टिम राम्रो स्पेनको छ । युवा खेलाडीहरु छन् । सबै जोसिला छन् । स्पेन ४ पटक फाइनल पुग्दा ३ पटक युरोपियन च्याम्पियन बनेको छ ।  
 
रोनाल्डो मन पर्ने अनि टिम मन नपर्ने, के छ रोनाल्डोमा ? 
आफुलाई स्ट्राइकर भन्न रुचाउने नवयुगले रोनाल्डोलाई खेलाडीमा हुनुपर्ने सबै गुण भएको व्यक्तिको रुपमा चिन्ने गरेको बताए । विशेषगरी रोनाल्डोको हाइट, खेल्ने तरिका, वडीस्टक्चर र प्रदर्शन स्पीडका फ्यान हुन नवयुग । रोनाल्डोको गतिलाई उनी आकर्षण ठान्दछन् । यद्यपि, यसपटक टोलीले रामंो खेले मात्रै रोनाल्डोले आफ्नो गतिलाई कायम गर्ने उनको भनाई छ । नवयुगले एकै सिजन अन्तर्राष्ट्रिय फुटबलमा तेस्रो ह्याट्रिक गर्दै नेपाली फुटबलमा कीर्तिमान बनाएका छन् ।
 
अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली राष्ट्रिय टिमका लागि उनले ११ गोल गरिसकेका छन् । त्यति मात्र नभई नेपाली फुटबललाई दुई महत्वपूर्ण उपाधि दिलाई २३ वर्ष लामो उपाधि खडेरी तोड्ने श्रेय समेत उनलाई जान्छ । इलामको मंगलबारेका नवयुग त्रिभुवन आर्मी क्लबाट व्यवसायिक फुटबल खेल्दै आएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ