arrow

फ्रेन्च ओपन : बाल्यकालका साथी जोकोबीच र मर्रे फाइनल भिड्दै

दुई बीच भएको पहिलो खेल जोकोविच बिजयी

logo
प्रकाशित २०७३ जेठ २३ आइतबार
djokovic-vs-murray-live-streaming.jpg.jpeg
एजेन्सी। फ्रेन्च ओपन टेनिसको फाईनलमा विश्व नं १ सर्बियाका नोभाक जोकोविच र बेलायतका विश्व बरियतामा दोस्रो नंबरमा रहेका एण्डी मर्रे बिच हुने भएको छ। दुवै खेलाडीले फ्रेन्च ओपन अहिलेसम्म जित्न सकेका छैनन्। आजको फाईनल पछि फ्रेन्च ओपनले नयाँ बिजेता पाउने । 
 
मर्रे एक हप्ताले जोकोविच भन्दा जेठा रहेका छन्। बालककालका साथी दुवै खेलाडी एउटै ट्रेनिङ क्याम्प गएका थिए। किशोरावस्थामा दुई बिच भएको पहिलो खेल जोकोविच बिजयी भएका थिए।
 
दुवै खेलाडी एक अर्का बिरुद्ध ३३ पटक भिडेका छन् जस्मा जोकिविचले २३ पटक जितेका छन् भने मर्रे १० पटक बिजेता बनेका छन्। 'क्ले कोर्ट'मा जोकोविच र मर्रे बिच ५ पटक भेट भएको छ जहाँ जोकोविच ४-१ले अघि रहेका छन्।
 
प्रतियोगिताहरुको फाईनलमा यी दुई खेलाडी बिच १६ पटक भेट भएको छ जस्मा जोकोविचले ९ पटक जितेका छन् भने ७ पटक मर्रे बिजयी रहेका छन्।  
 
फ्रेन्च ओपनको फाईनलमा तीन पटक पुगेका जोकोविचलाई दुई  पटक राफल नाडालले पराजित गरेका हुन् भने १ पटक स्टान वावरिन्कासँग हारेका हुन्। सन् २०१२ र २०१४ मा नाडालसँग पराजित जोकोविच सन् २०१५मा वावरिन्कासँग पराजित भएका थिए। 
 
त्यसैगरि तीन पटक सेमी फाईनल पुगेका मर्रे पनि दुई पटक नाडालसँग र १ पटक वावरिन्कासँग पराजित भएका थिए। सन् २०११, २०१४ र २०१५मा मर्रे सेमीफाईनलमा पराजित भएका हुन्। 
 
पहिलो पटक फाईनल पुगेका मर्रेले सन् २०१२मा युएस ओपन जितेका थिए भने सन् २०१३मा विम्बलडनमा पहिलो भएका थिए। सन् २०१५ र २०१६को अष्ट्रेलियन ओपनको फाईनलमा पुगेका मर्रेकाालगि यो फ्रेन्च ओपन जितेमा जिवनको तेस्रो ग्राण्ड स्लाम उपाधि हुने छ। 
 
६ पटक अष्ट्रेलियन ओपन जितेका जोकोविचले ३ पटक विम्बलडन र २ पटक युएस ओपन जितेका छन्। फ्रेन्च ओपन नजितेका जोकोविचले  फाईनलमा उपाधिकालागि सबै शक्ति लगाउने छन्। 
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ