arrow

इंग्लिस प्रिमियर लिगः बर्नलीको पहिलो रोमाञ्चक जित 

logo
प्रकाशित २०७७ मंसिर ९ मंगलबार
crish-wood-burnley.jpg

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा बर्नलीले पहिलो जित निकालेको छ । क्रिस्टल प्यालेसलाई पराजित गर्दै बर्नलीले रोमाञ्चक जित निकालेको हो । सोमबार राति भएको खेलमा बर्नलीले क्रिस्टललाई १(० गोल अन्तरले हरायो ।

घरेलु मैदानमा बर्नलीलाई जित दिलाउन क्रिस उडले निर्णायक गोल गरे । खेलको आठौं मिनेटमा उडले गरेको गोल नै निर्णायक गोल बन्यो ।

पहिलो जितपछि बर्नली ८ खेलमा ५ अंक जोडेर १७ औं स्थानमा पुग्न सफल भएको छ । क्रिस्टल ९ खेलमा १३ अंक जोडेर दशौँ स्थानमा रहेको छ ।

सोमबार रातिको अर्को खेलमा बुल्भरह्याम्पटन वान्डेरर्स र साउथह्याम्पटनले १–१ गोलको बराबरी खेले । जितले साउथह्याम्पटन ९ खेलबाट १७ अंकसहित पाँचौं स्थानमा पुगेको छ । ऊ तेस्रो स्थानमा पुग्न असफल भएको छ । 

वुल्भरह्याम्पटन १४ अंकसहित नवौं स्थानमा छ । टोटनह्याम र लिभरपुल २० अंकसहित पहिलो र दोस्रो स्थानमा रहेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ