arrow

इंगल्याण्डमा दर्शक मैदानमै पुगेर खेल हेर्न सक्ने, यस्तो छ नियम

logo
प्रकाशित २०७७ मंसिर ९ मंगलबार
english-premire-league.jpg

काठमाडौं । इंगल्याण्डले नौ महिनाको अवधिमा पहिलो पटक दर्शकलाई खेल हेर्न मैदानसम्मै जान खुला गर्ने भएको छ । कोरिस जोन्सन नेतृत्वको सरकारले लगाएको लकडाउन डिसेम्बर २ मा सकिँदैछ । डिसेम्बर २ देखि खेल मैदान दर्शकका लागि खुला गरिने उनले बताएका छन् । 

जोन्सनले लकडाउनको अन्त्यपछि ४ हजार दर्शकलाई रंगशाला प्रवेशको अनुमति दिने बताएका हुन् ।

कम जोखिम क्षेत्रहरुमा मात्र दर्शकलाई प्रवेशको अनुमति दिइने सरकारले बताएको छ । गत मार्चदेखि फ्यानहरु र समर्थकहरुलाई रंगशालामा गएर आफ्नो टिमलाई उत्साह दिन प्रतिवन्ध लागेको थियो । 

अहिले सरकारले बढीमा चार हजारसम्म दर्शकलाई जान दिने निर्णयगरेको छ । तर त्यसमा पनि क्षेत्रअनुसार नियम लगाइएको छ । 

मैदानको पहिलो टायर (क्षेत्र) मा ४ हजार दर्शक, दोस्रो टायर (क्षेत्र) मा २ हजार दर्शक राख्न पाइने छ । ४ हजार दर्शक आउट डोर र २ हजार दर्शक इन्डोरमा राख्न पाउने नियम राखिएको छ । 

तेस्रो टायर (क्षेत्र) मा भने कुनै पनि दर्शक राख्न नपाइने बताइएको छ । 

बेलायतमा अहिले पनि कोरोना संक्रमित बढिरहेका छन् । सोमबार १५ हजार ४५० संक्रमित थपिए । १५ लाख २७ हजार ४९५ जना संक्रमित पुगेका छन् । 

सोमबार २०६ जनाको ज्यान गएको छ । अहिलेसम्म बेलायतमा ५५ हजार २३० जनाको ज्यान गइसकेको छ । 

प्रिमियर लिगमा भने अझै पनि समस्या हुने देखिएको छ । पैसा र खानपानका हिसाबले सरकारको नियम प्रिमियर लिगले नमान्ने समस्या आउन सक्ने स्थानीय मिडियाले लेखेका छन् । 

यो सर्त स्वीकार्य भए म्यान्चेस्टर युनाइटेड र पीएसजीबीचको खेलबाटै दर्शकले मैदानमा मजा लिन सक्ने हुन सक्ने बताइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ