arrow

कोरोना भाइरस विरुद्धको भ्याक्सिनमा विभेद हुनसक्ने–डब्ल्यूएचओ

logo
प्रकाशित २०७७ मंसिर ९ मंगलबार
world-health-organization-who.jpg

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोना भाइरस विरुद्धको भ्याक्सिन वितरणमा विभेद हुन सक्ने भन्दै चिन्ता व्यक्त गरेको छ । डब्ल्यूएचओका प्रमुख डा टेङेडस अधानोम गेब्रेयसियसले भ्याक्सिनको समान रुपमा वितरण हुनुपर्नेमा जोड दिँदै विभेद हुनेमा चिन्ता व्यक्त गरेका छन् । 

उनले संसारभर प्रभावित रहेका नागरिकलाई सहज रुपमा कोरोना विरुद्धको भ्याक्सिनहरु पुर्याउन करोडौं डलरको साझा कोषको आवश्यकता रहेको बताएका छन् । उनले विभिन्न खोपको सफल जारी रहेकाले उक्त खोप वितरणका लागि अहिले नै तयारीमा जुट्न आवश्यक रहेको बताए । 

अमेरिका, चीन, रुस, बेलायत, क्यानडा लगायतका विभिन्न मुलुकले कोरोना विरुद्धका भ्याक्सिनहरु परीक्षण गरिरहेका बेला यसको वितरणमा हुने विभेदलाई लिएर चिन्ता हुन थालेको छ ।

सबैभन्दा प्रभावित समुदाय र गरिब व्यक्तिमा यो खोपको सर्वसुलभता र पँहुच पुर्याउन चुनौती रहेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ