arrow

युरो २०१६ : सर्वोत्कृष्ठ फुटबलरको सम्मान थापेका राजु भन्छन्-फ्रान्सले जित्छ

logo
चन्द्र धामी,
प्रकाशित २०७३ जेठ २३ आइतबार
raju-tamang-FNL.jpg.jpeg
काठमाडौं । वर्षको सर्वोत्कृष्ठ खेलाडीको सम्मान पाएका मिडफिल्डर राजु तामाङ निकै खुसी छन् । उनले आफ्नो सानो मेहनतले त्यो सम्मान नपाएको बताए । उनले हाम्राकुरासंग भने, ‘१३ वर्ष लामो संघर्षपछि मैले यो सम्मान पाएको हुँ । नेपाली राष्ट्रिय टोलीका लागि साह्रै मेहनत गरेका हौं तर नतिजा हाम्रो पक्षमा आएन ।’ एन्फा र सरकारको यो सम्मान र प्रोत्साहनले नेपाली फुटबल खेलाडी फेरि जाग्नेछन् । 
 
अहिले रिजल्ट राम्रो आइसकेको छ । उनले थपे, ‘हाम्रो पालामा  रिजल्ट मात्रै नआएको हो । मेहनत अथाह गरेको थियौं । भारतलाई बारम्बार टक्कर दिएर्क थियौं तर अहिलेको टोलीले विजय नै हासिल गर्न सक्यो । जो नेपाली फुटबलको असली रिजल्ट हो । जस कारण एन्फा र सरकार उत्साही भएको छ । आसन्न युरोकपबारे उनको धारणा लिन हामीले तामाङलाई सम्पर्क गरेका थियौं । बधाई सुनाउँदै हामीले उनलाई धेरै हाँसिरहनुको पछाडी के छ ?– भनि सोध्यौं । जवाफमा हाँस्दै उनले भने, ‘खेल जीवन र व्यक्तिगत जीवनमा म सँधै हाँसिरहे ।’ अहिले झन् खुसी छु । केही दिन अघि मात्रै अखिल नेपाल फुटबल संघ एन्फाले तामाङलाई सर्वोत्कृष्ठ खेलाडी घोषणा गर्दै २५ लाख रुपैंयासति सम्मान गरेको थियो । 
 
अर्को खुसीका लागि समेत तयार छु, आसन्न युरो कपबारे कुरा गर्दै उनले थपे, ‘यसपटको युरोकपमा मेरो मन पर्ने टिम फ्रान्सले नै जित्ने सम्भावना देख्छु । फ्रान्सले उपाधि नजितेको पनि धेरै भयो, पालो फ्रान्सको आएकै हो । युवा खेलाडीहरु छन् । प्रतिभावान् खेलाडीले भरिएको फ्रान्स नै जित्छ ।’ फ्रान्सले दुई पटक युरोकप जितेको छ । सन् २००० मा दोस्रो उपाधि जितेपछि हाल सम्म फाइनल सम्म समेत पुग्न सकेको छैन ।
 
उनी युरोकपलाई एउटा चाडकै रुपमा लिन्छन् । युरोपीयन फुटबल पारवर हाउसको भिडन्त आफुहरुका लागि ठूलो सिकाई हुने उनले बताए । उनले भने, ‘युरोकपको खेल्ने तरिका, स्कोरिङ् मिडफिल्डको भूमिका र उसले गेम चेन्ज गर्ने रोचकता हाम्रोलागि सिकाई हुन् ।’ हामी अहिले सम्म ४–४–२ को रणनीतिमा खेल्ने गरेको छौं । युरो कपमा ४–३–३ र ४–१–१ को रणनीतिहरु देखिन्छन्, उनले थपे, ‘यो दोस्रो विश्वकपकै रुपमा चिनिएकाले त्यहाँ अनुभवि खेलाडीलाई नयाँ खेलाडी कस्ले पछ्याउँछन् भन्ने अझ बढी रोचक हुन्छ ।’ म त मिडफिल्डकै रणनीति थाहा पाउनकै लागि पनि युरोकप हेर्छु ।  
के छ योजना ? 
कार्य योजना खासै बनेको छैन । खेल सुरु भएसंगै साथीहरु जम्मा हुने क्रम सुरु हुन्छ । साथीहरुसंग रमाइलो गर्दै हेरिन्छ । त्यति खेरै योजना बन्ला । 
 
मनपर्ने खेलाडी धेरै छन् तर मिडफिल्डर !
राजुले आफुलाई धेरै खेलाडी मन पर्ने तर ती मध्ये मिडफिल्डरमा आफ्ना ध्यान बढी जाने गरेको बताए । आफु मिडफल्ड भएकै कारण पनि मिडफिल्ड नै मन पर्ने बताएका राजु भन्छन्, ‘यी ठूला प्रतियोगितामा मिडफिल्डले गेम चेन्ज गर्न सक्ने भएकाले मलाई मिडफिल्डको रणनीति हेर्न मन पर्छ ।’ टिममा फ्रान्स मन पर्छ । राजुले सुरुमा फ्रान्सका मिडफिल्डर पाउल पोग्बाकोको नाम लिए । पछि उनले इङ्गल्याण्डका फरवार्ड एवं मिडफिल्डर वायन रुनीको नाम लिए । यस्तै, इटलीका मिडफिल्डर आन्द्रे पिर्लो र इङ्गल्याण्डका स्ट्राइकर जेमी भार्डी आफुलाई मन पर्ने उनले बताए । आफुले एक धारबाट कुनै एक टिमलाई मन नपराउने बताएका उनले अपडेटेड टिम जो सुकै मन पर्ने समेत सुनाए । 
 
नेपाली फुटबलका लागि समेत युरोकपले माहोल बताउँछ 
राजुले भनेका छन्, ‘राति राति बसरे हेर्ने युरोकप माहोलले नेपाली फुटबलका लागि समेत एउटा माहोल बनाउने छ । हाम्रो खेललाई हेर्ने दृष्टिकोण समेत निकै चाख लाग्दो बन्नेछ ।’ फरक हँदै जान्छ– हाँस्दै । तामाङले आफुले राष्ट्रिय टोलीका लागि २ गोल गरेको बताए । डेढ वर्ष देखि उनी राष्ट्रिय टिममा छैनन् ।
 
विश्वकप छनोट खेलपछि आफुले नखेलेको उनले बताए । रिटायर्ड लाइफ त होइन ? जवाफमा उनले भने, ‘अब पहिलेको जस्तै मेहनत गर्न सक्ने नसक्ने कुरामा पनि भर पर्छ, आवश्यकता परे पुनरागमन हुन्छ । सन्यासै लिएको छै न नी ! हाँस्दै । युरोकप सन्दर्भको कुराकानी अवधिभर हाँसिरहे । यस पटकको युरोकप आउँदो शनिबारबाट फ्रान्समा सुरु हुँदैछ । यसपटकबाछ सहभागि राष्ट्रको संख्या १६ बाट २४ पुगेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ