arrow

मोरङ सुन्दरहरैचामा आइतबारदेखि विद्यालय खुल्ने

logo
विवेक मिश्र,
प्रकाशित २०७७ मंसिर १० बुधबार
sundauchauha-nagar.jpg

बेलबारी । मोरङको सुन्दरहरैचा नगरपालिका क्षेत्रको सार्वजनिक र संस्थागत विद्यालयहरु आइतबारदेखि खुल्ने भएको छ ।

सरकारले कोभिड-१९ संक्रमणको जोखिम नभएका अथवा कम भएका स्थानीय तहमा विद्यालय सञ्चालन गर्न पाउने गरी ‘विद्यालय सञ्चालन सम्बन्धी कार्यढाँचा-२०७७’ जारी गरेपछि आइतबार देखि खुल्ने भएको हो । नगरपालिका शिक्षा शाखाले गत सोमबार सार्वजनिक र संस्थागत विद्यालयहरुका प्रधानाध्यापकहरुको भेला गराई विद्यालय सञ्चालन सम्बन्धी छलफल गरको थियो ।

विद्यालय सञ्चालन सम्बन्धी कार्यढाँचा-२०७७ अन्तरगत रहेको विकल्पहरु मध्ये आफ्नो विद्यार्थीको संङ्ख्या र उपलब्ध भौतिक पूर्वाधार व्यवस्थापनमा सहज हुने गरी विकल्प रोजेर सञ्चालन गर्न शिक्षा शाखाले निर्देशन गरेको शिक्षा शाखा प्रमुख लिला देवी ओझाले बताइन ।

शिक्षा शाखा प्रमुख ओझाको अनुसार माध्यामिक तह भएका विधालयले पहिलो चरण (हप्ता दिन) कक्षा ६ देखि १२ सम्म र दोश्रो चरणमा कक्षा ६ देखि तलको कक्षालाई अध्यापन गराउनुपर्ने छ । साथै विधालयले विधार्थीको संख्या हेरेर एउटा ब्रेन्चमा एक जना विधार्थी र बढिमा दुई जना विद्यार्थी राखेर मात्र अध्यापन गराउनु पर्नेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ