arrow

युरो २०१६ : अनिल भन्छन्–वायन रुनी स्ट्राइकरबाट मिडफिल्डमा आउने कुरा खल्लो लागिरहेको छ

logo
चन्द्र धामी,
प्रकाशित २०७३ जेठ २३ आइतबार
anil-gurung-new.jpg.jpeg
 काठमाडौं । एक साता अघि सम्पन्न लाओसविरुद्धको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलेको नेपाली टोलीका कप्तान् हुन् अनिल गुरुङ् । चोटकै कारण उनले खेल खेल्न सकनेन् । यद्यपि, प्रशिक्षक ग्यातुको कोजीले टोलीको कप्तानी उनैलाई दिएका थिए । खेल क्रममा भने विराज महर्जनले लिड गरे । आफुले खेल्न नसकेको गुरुङ स्वीकार्छन् । 
 
३ दिन अघि मात्रै विश्रामका लागि पोखरा उपमहानगरपालिका–५ मालेपाटन पुगेका गुरुङलाई फ्रान्समा शनिबारदेखि हुने युरोकप हेर्ने हतारो छ । उनले भने, ‘म पोखरामा छु, तत्काल फुटबल ट्रेनिङ भए मात्रै काठमाडौं आउँछु नभए पोखरामै हुन्छु ।’ युरोकप हेर्न आँतुर छु । पोखरा वा काठमाडौं जहाँ भएपनि हेर्ने हो । 
 
पछिल्लो समय स्वास्थ्य लाभ भएको सुनाउँदै गुरुङले थपे, ‘युरोकप नहेर्ने कुरै भएन, फुटबलसंग आवद्ध भएकै कारण हामी खेलाडीका लागि यो त एउटा उत्सव हो ।’ क्लब फुटबल भन्दा यो कयौं स्तरीय र रोचक हुन्छ । यसमा राष्ट्र–राष्ट्रबीच भिडन्त हुन्छ । अनिलले अगाडी भने, ‘यसमा नयाँ खेलाडी हेर्न पाइन्छ । देशका लागि खेल्ने भएकाले नयाँ खेलाडीको पनि सशक्त प्रदर्शनले रोमाञ्चित बनाउँछ ।’ उनले पुरानै रोनाल्डो, नेमार, मेसी भन्दा पनि तिनलाई पछ्याउने नयाँ खेलाडी को हुन्छ भन्ने उत्सुकता हुन्छ, उनले भने,  ‘नयाँले पुरानासंग कस्तो प्रफमेन्स देखाउँछन् भन्ने मेरा लागि उत्सुकताको विषय हो ।’ 
 
के छ योजना ? 
काठमाडौं आए पनि हेर्छु । पोखरामा भएपनि हेर्छु तर, सुरुका क्वालिफाइ भन्दा पनि राम्रो गेमहरु छुटाउने छैन । राति हुने भएकाले सबै गेमहरु हेर्न भ्याइदैन होला । महत्वपूर्ण गेम त हेर्नै पर्ने हुन्छ । नेपाली फुटबललाई मात्र यो रिफरेन्स होइन विश्वव्यापीरुपमा यसको महत्व छ । हामी फुटबल खेलाडीका लागि झन् महत्वपूर्ण । रमाइलो भन्दा पनि फुटबलका हरेक रणनीति सिक्ने अवसर हो । 
 
मन पर्ने टिम इङ्गल्याण्ड 
अनिलले आफुलाई मन पर्ने टिम इङ्गल्याण्ड हो भने । उनले भनेका छन्, ‘इङ्गल्याण्ड बच्चा देखिनै मन पर्छ । हार जित आफ्नो ठाउँमा छ । हुन त अन्य धेरै देशहरु राम्रा भएका छन् । इङ्गल्याण्डमा योङ्ग प्लेयर छन् । अहिले फुटबल खेल्ने भनेकै योङ्ग प्लेयरले हो ।’  
वायन रुनी स्ट्राइकरबाट मिडफिल्डमा आउने खबर खल्लो लागिरहेको छ 
 
अनिल गुरुङलाई इङ्गल्याण्डका वायन रुनी निकै मन पर्दछन् । इङ्गलिश क्लब म्यान्चेष्टर युनाइटेडका फरवार्ड एवं मिडफिल्ड रुनीलाई ‘ब्याक’मा राखेको उनलाई मन परेको छैन । अहिले पनि वायन रुनी स्ट्राइकरबाट मिडफिल्डमा आउने खबर सुनिरहेको छु । यो साह्रै खल्लो लागेको छ । 
 
उनी भन्छन्, ‘खास रुनीलाई स्ट्राइकरमा राख्नु पर्ने हो तर २ वटा स्ट्राइकरपछि ल्याउने गरिएको छ । त्यो मलाई पटक्कै मन पर्दैन ।’ ४–३–१–२ को रणनीतिमा खेलाउने गरिएको छ । उनको विचारमा रुनी एक्लैले गेमको डायनामिक्स चेन्ज गर्न सक्ने क्षमता राख्ने बताएका छन् । रुनी स्ट्राइक र मिडफिल्डलगायत धेरै पोजिसनबाट खेल सम्हाल्न सक्छन् ।  
 
नेपाली फुटबल नी ?
अनिलले नेपाली फुटबलले उमेर समूहमा दुई महत्वपूर्ण उपाधि जितेका बताए । उनले भने, ‘नेपाली फुटबल माथिल्लो लेभल सम्म जान सक्छ ।’ युरोपमा जस्तो नेपालमा पनि चेन्ज आउन सक्नु पर्छ । जसरी हामी युरोपीयन फुटबल हेर्न रातभर सुत्दैनौं त्यसैगरी नेपाली फुटबलका लागि समेत मरिमेट्न पर्छ । 
 
आफुलाई के भन्न रुचाइन्छ ? 
म आफुलाई स्ट्राइकर भन्न रुचाउँछु । मेरो पोजिसन पनि स्ट्राइकर नै हो । हार्ड वर्किङ गर्ने मेरो विशेषता हो । नेपाली टोलीका लागि मैले मेहनत गरेको छ । हाल सम्म अनिलले राष्ट्रिय टोलीका लागि ९ गोल गरिसकेका छन् ।   



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ