arrow

फ्रेन्च ओपन: चौथो प्रयासमा जोकोविचलाई पहिलो उपाधि

logo
प्रकाशित २०७३ जेठ २३ आइतबार
Djokovic_French_open.jpg.jpeg
काठमाडौं। नोभाक जोकोविचले एण्डी मर्रेलाई पराजित गर्दै सन् २०१६को फ्रेनच ओपन टेनिसको उपाधि जितेका छन्। पहिलो पटक फ्रेन्च ओपन जितेका जोकोविचले बाँकी तीन वटै ग्राण्ड स्लाम जितिसकेका छन्। 
 
 उपाधि हात पार्ने क्रममा जोकोविचले मर्रेलाई ३-६, ६-१, ६-२, ६-४ ले हराएका हुन्। पहिलो सेट जितेका मर्रेले आफ्नो लय कायम राख्न नसक्दा र जोकोविचले आफ्ना गल्तिहरुलाई सुधार्दै जित  हात पारेका हुन्। 
 
जोकोविचले लगातार ४ ग्राण्ड स्लाम जित्ने रेकर्ड पनि बनाएका छन्। उनले विम्बलडन २०१५, युएस ओपन २०१५, अष्ट्रेलियन ओपन २०१६ र फ्रेन्च ओपन २०१६ लगातार जितेका हुन्। सबै ग्राण्ड स्लाम जित्ने उनी ८औं पुरुष हुन्।
 
यसअघि फ्रेन्च ओपनमा ३ पटक फाईनलमा पुगेर पराजित  जोकोविचले चौथो पटकमा उपाधि हात पारेका हुन्। मर्रेको भने यो पहिलो फ्रेन्च ओपन फाईनल रहेको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ