arrow

कांग्रेस नेता चित्रकारको पहलमा क्यान्सर पीडित सत्याललाई आर्थिक सहयोग

logo
प्रकाशित २०७७ मंसिर ११ बिहिबार
baburaja-chitrakar.jpg

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता बाबुराजा चित्रकारको पहलमा लामो समयदेखि क्यान्सर रोगबाट ग्रसित स्ववियू त्रिचन्द्रका पूर्व सदस्य निरजराज सत्याललाई आर्थिक सहयोग गरिएको छ ।

चित्रकारको पहलमा नेपाली जनसम्पर्क समिति जर्मनीबाट प्राप्त सहयोग अनलाइन मार्फत सत्याललाई बुधबार हस्तान्तरण गरिएको हो । नेपाली जनसम्पर्क समिति जर्मनीका प्रवक्ता सिजन दाहालले आगामी दिनमा पनि सत्याललाई सहयोग गरिने प्रतिबद्धता जनाउँदै शिघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । 

निरन्तर विभिन्न सामजिक गतिविधिमा संलग्न नेपाली कांग्रेसका युवा नेता चित्रकारले विद्यार्थी आन्दोलनमा महत्वपूर्ण भूमिका खेलेका सत्याल जस्ता जुझारु योद्धालाई सबैले सहयोग गर्नुपर्ने बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ