arrow

गण्डकीमा संक्रमणबाट दुई महिलाको मृत्यु

logo
प्रकाशित २०७७ मंसिर ११ बिहिबार
gandaki-province-pradesh.jpg

पोखरा । कोरोना भाइरस संक्रमणबाट गण्डकी प्रदेशमा थप दुई जनाको मृत्यु भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले बिहिबार बिहान ११:५० बजे दिएको जानकारी अनुसार पोखराका एक र लमजुङका एक जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा पोखरा १३ की ६६ वर्षीया महिला रहेकी छन् । उनको बुधबार राति ९:३० बजे मणिपाल शिक्षण अस्पतालमा मृत्यु भएको गण्डकी प्रदेश कोरोना रोकथाम तथा नियन्त्रण कार्यक्रमका प्रवक्ता डा.विनोद विन्दु शर्माले जानकारी दिए । उनमा मंसिर ७ गते नै कोरोना संक्रमण पुष्टि भएको थियो ।

यसैगरी लमजुङको मध्यनेपाल नगरपालिका वडा नं. ७ का ८७ वर्षकी महिलाको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

उनको बुधबार राति २:३० बजे पोखरास्थित कास्की सेवा हस्पिटलमा मृत्यु भएको हो । उनीमा मंगलबार कोरोना संक्रमण पुष्टि भएको थियो । योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १४४ जना पुगेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ