arrow

मुम्बाईमा सडक दुर्घटना सत्रको मृत्यु, ४३ घाइते

logo
प्रकाशित २०७३ जेठ २४ सोमबार
नयाँ दिल्ली । भारतको मुम्बाई पुणे राजमार्गमा आइतबार बिहान भएको एक सडक दुर्घटनामा कम्तीमा १७ व्यक्तिको मृत्यु भएको समाचार छ ।
एक निजी बस अर्को दुई कारसँग ठोक्किँदा भएको यस दुर्घटनामा परी कम्तीका १७ व्यक्तिको मृत्यु हुनको साथै अन्य ४३ जना घाइते भएका एक वरिष्ठ प्रहरी अधिकारीले बताएका छन् ।  स्थानीय समयाअनुसार आइतबार बिहान ५:३० बजे एक रात्रिबस दुईवटा कारसँग ठोक्किँई सो घटना भएको बताइएको छ । 
 
यस दु्र्घटनामा एक छ महिने बालकसहित १७ जना व्यक्तिको दुर्घटनास्थलमै मृत्यु भएको र घाइतेहरुलाई भने स्थानीय अस्पतालमा उपचारको लागि भर्ना गरिएको जनाइएको छ । 
घाइते मध्ये केहीको अवस्था चिन्ताजनक भएको हुनाले मृतकको सङ्ख्या बढ्नेसमेत प्रहरीको अनुमान रहेको छ । 
 
यस घटनामा ज्यान गुमाउने प्रायः व्यक्ति बसका यात्रुहरु रहेका बताइएको छ । यस दुर्घटनाको कारण पत्ता लगाउनको लागि सरकारी अधिकारीहरुले सम्बन्धित व्यक्तिहरुलाई आदेश दिएका छन् । 
भारतको विश्वको तुलनामा उच्च मात्रामा सडक दुर्घटना हुने देश हो । सरकारी तथ्याङ्कको अनुसार यहाँ प्रत्येक बर्ष २ लाख भन्दा बढी व्यक्ति सडक दुर्घटनामा मारिने गरेका छन् । सिन्ह्वा 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ