arrow

कोरोना संक्रमणबाट पोखरामा थप दुई जनाको मृत्यु

logo
प्रकाशित २०७७ मंसिर १२ शुक्रबार
covid-test-positive-corona.jpg

पोखरा । कोरोना संक्रमणबाट पोखरामा थप दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एक महिला र एक पुरुष छन् । पोखरा महानगरपालिका वडा नं. २ का ५९ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो । 

मृगौला सम्बन्धी समस्याबाट पीडित ती पुरुषमा मंसिर ५ गते नै कोरोना संक्रमण पुष्टि भएको थियो । उनको चरक मेमोरियल अस्पतालमा बिहीबार मृत्यु भएको गण्डकी प्रदेश कोरोना रोकथाम तथा नियन्त्रण कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले जानकारी दिए । 

यसैगरी पोखरा ३२ की ६६ वर्षीय महिलाको पनि कोरोना संक्रमणबाटै मृत्यु भएको छ । मंसिर ५ गते नै कोरोना संक्रमण पुष्टि भएकी ती महिलाको आज पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो । 

योसंगै कोरोना संक्रमणबाट पोखरामा मात्रै मृत्यु हुनेको संख्या ७४ पुगेको छ भने गण्डकी प्रदेशमा १४६ जना पुगेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ