arrow

नेपाली कांग्रेसद्वारा कञ्चनपुरमा प्रशिक्षण 

logo
दीपेन्द्र बस्नेत,
प्रकाशित २०७७ मंसिर १२ शुक्रबार
congress-kanchnpur.jpg

कञ्चनपुर । पार्टी कार्यकर्ताहरुलाई लोकतान्त्रिक मूल्य मान्यता संगठन सुदृढीकरणका लागि नेपाली कांग्रेस कञ्चनपुरले जिल्ला ब्यापी प्रशिक्षण सुरु गरेको छ । 

मंसिर ९ गते जिल्लाको महाकाली नगरपालिकाबाट सुरु गरिएको कार्यकर्ता प्रशिक्षण कार्यक्रम शुक्रबार दक्षिणी क्षेत्रको पुनर्वास नगरपालिकामा सुरु गरिएको हो । पार्टी कार्यकर्ताहरुलाई लोकतान्त्रिक विधि , प्रकृया र संगठन प्रभावकारी बनाउन नेपाली कांग्रेस कञ्चपुरले जिल्लाब्यापी रुपमा प्रशिक्षण कार्यक्रमको थालनी गरेको जिल्ला पार्टी सभापति हरिप्रसाद बोहराले बताए । 

यस अघि नेपाली कांग्रेस कञ्चनपुरले जिल्लाका  महाकाली नगरपालिका , भिमदत्त नगरपालिका  बेतकोट नगरपालिका  र शुक्लाफाँटा नगरपालिकामा प्रशिक्षण कार्यक्रम सम्पन्न गरिएको नेपाली कांग्रेस कञ्चनपुरले जनाएको छ । 

शुक्रबार पुनर्वासमा नेपाली कांग्रेस जिल्ला प्रशिक्षण शाखा द्वारा आयोजित प्रशिक्षण कार्यक्रममा  अधिवक्ता शिवराज पान्डेय , पार्टी पुर्व जिल्ला सचिव भोजराज बोहरा  र एन डि भट्टले कार्यकर्ताहरुलाई प्रशिक्षण दिएका थिए । 

प्रशिक्षण जिल्ला शाखाका संयोजक बन्धु रानाको सभापतित्वमा आयोजना गरिएको कार्यक्रममा पार्टी सभापती हरिप्रसाद बोहरा , पार्टी जिल्ला सचिव दिवाकर पाण्डेय , कोषाध्यक्ष शंकर बहादुर चन्द , नेता पदम बोगटी , नेता दुर्गादत्त बोहरा , लगायतका नेताहरुको उपस्थितिमा आयोजित कार्यक्रममा प्रशिक्षण शाखा जिल्ला सदस्य तोयप्रसाद शर्माले स्वागत गरेको कार्यक्रमको संचालन अमर जन साउँदले गरेका थिए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ