arrow

प्रत्यक वडामा वर्थिङ सेन्टर, उद्घाटनमै जन्मियो बच्चा

logo
मणि प्रसाद गैह्रे,
प्रकाशित २०७७ मंसिर १२ शुक्रबार
barthing-center.jpg

कपिलवस्तु । महाराजगंज नगरपालिकाले प्रत्यक वडामा रहेका स्वास्थ्य चौकीहरुमा वर्थिङ सेन्टर स्थापना गरि संचालन गर्ने भएको छ । सोही अन्र्तरगत शुक्रबार नगरपालिकाको वडा नं ६  भलवारीमा रहेको स्वास्थ्य चौकीमा वर्थिङ सेन्टरको उद्घाउन गरिएको छ । 

नगरपालिकाका नगर प्रमुख अब्दुल कलाम खांले एक समारोहका विच वर्थिङ सेन्टरको उद्घाटन गरे । उद्घाटन गर्दै खांले घरदैलौमा स्वास्थ्य सेवा तथा डेलिभरिको लागी प्रत्यक स्वास्थ्य संस्थामा वर्थिङ सेन्टर स्थापना गरि संचालन गर्ने लक्ष्य अनुसार वर्थिङ सेन्टर सन्चालनमा ल्याएको बताए । 

हालसम्म ५ वटा स्वास्थ्य संस्थामा वर्थिङ सेन्टर संचालनमा आएको र वाकीं वडामा पनि यसलाई निरन्तरता दिने प्रमुख कलामले बताए । वरईपुर ,वलरामवापुर र कजरहवमा समेत भवन निर्माण अन्तिम चरणमा पुगेकोले २ महिनामा उत्त स्थानमा वर्थिङ सेन्टर संचालनमा ल्याउने उनले बताए ।

वर्थिङ सेन्टर उद्घाटन गरेकै बेला स्थानीय इटेल गाउंकी ३० बर्षिय  माया यादवले छोरीको जन्म दिएकी छन् । पहिलो सेवा ग्राही भएकोले उनलाई नगरपालिकाले सम्मान समेत गरेको छ । सो अबसरमा नगर उप प्रमुख शोभावती कुर्मी, वडा अध्यक्ष हेमन्त कुमार चौधरी वडा नं ७ का अध्यक्ष अब्दुल समद , वडा नं ५ छेदी कुमार कुर्मी , स्वास्थ्य संयोजक राधेश्याम कलवार लगायतले स्वास्थ्य सरसफाईको बारेमा बोलेमा थिए । 

गाउंमै महिलाहरुको डेलिभरी हुने भएपछि टाढा लैजान पर्ने समस्या हट्ने र तत्काल स्वास्थ्य सेवा मिल्ने स्थानीयले बताएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ