arrow

सन्दीप लामिछानेलाई कोरोना भाइरस

logo
प्रकाशित २०७७ मंसिर १३ शनिबार
sandeep-lamichhene.jpg

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेलाई कोरोना भाइरसको संक्रमण भएको छ । सन्दीपले सामाजिक संजाल ट्वीटरमा ट्वीट गर्दै आफूलाई कोरोना भाइरस लागेको बताएका हुन् । उनले आफूलाई बुधबारदेखि नै शरीर दुख्ने भएको बताएका छन् । 

उनले आफ्नो स्वास्थ्य भने सुधारोन्मुख रहेको बताएका छन् । उनी होम आईसोलेसनमा रहेका छन् । 

उनले आफू स्वस्थ्य भएर छिट्टै मैदानमा फर्किने विश्वास व्यक्त गरेका छन् । उनी केही दिनपछि अष्ट्रेलियाको बिग बास क्रिकेट खेल्न जाँदै थिए । 

यसअघि राष्ट्रिय टिमका कप्तान ज्ञानेन्द्र मल्लसहित दिपेन्द्र सिंह ऐरी, रोहित पौडेल लगायतलाई कोरोना देखिएको थियो । तीन जना खेलाडीले शुक्रबारै आफूहरु कोरोनामुक्त भएको बताएका छन् । 

गत बिहीबारदेखि राष्ट्रिय टिमको प्रशिक्षण भइरहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ