arrow

चीन अमेरिका मतान्तर कम गरौँ : राष्ट्रपति सि जिनपिङ

logo
प्रकाशित २०७३ जेठ २४ सोमबार
xi-shinping.jpg.jpeg
बेइजिङ । चिनियाँ राष्ट्रपति सि जिनपिङले चीन अमेरिकाबीचको सम्बन्धका बीचमा देखिएका र देखिने गरेका मत मतान्तरहरुलाई कमगर्नुपर्ने धारणा व्यक्त गरेका छन् । 
 
सिले दुवै देशलाई यो सुझाव दिएका हुन् । उनले भने – दुवै देशले कुनैपनि मत मतान्तर र सम्वेदनशिल विषयहरुको व्यवस्थापन उचित एवम् आवश्यकताका आधारमा गर्नुपर्छ । 
 
बेइजिङ्मा सोमबार सुरु भएको दुवै देशको एक उच्चस्तरीय मञ्चलाई सम्बोधन गर्दै उनले सो धारणा राखेको  समाचारमा जनाइएको छ । 
 
चीन अमेरिका आर्थिक तथा सामरिक विषयको एक उच्चस्तरीय बैठकको उद्घाटन गर्दै उनले भने – चीन र अमेरिकाबीचका मतान्तरहरु अत्यन्तै साधारण छन् त्यसैले यसलाई दुवै पक्षले मिलेर कम गर्नुपर्छ । 
 
दुवै पक्षले पारस्पारिक सम्मान र समानताको हिसाबले यस्ता विवाद एवम् मतान्तररुलाई कम गर्नुपर्नेमा उनको जोड थियो । 
 
यस्ता विवादहरु हटाएर एसिया तथा प्यासिफिक क्षेत्रमा चीन र अमेरिकाले सहयोग, समन्वय र साझेदारी बढाउनुपर्ने धारणा पनि उनले राखे  । 
 
राष्ट्रपति सिले चीन र संयुक्त राज्य अमेरिका कहिल्यै पनि प्रतिद्वन्दिताको भावनाका रुपमा नभएर समावेशी सहायोग र साझेदारिताको भावनाका साथ अघि बढ्नुपर्नेमा पनि जोड दिएको बेइजिङ्बाट प्राप्त समाचारमा जनाइएको छ । एएफपी 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ