arrow

म्यानचेस्टर सिटीले फराकिलो जित निकाल्दा लिभरपुल बराबरीमा, यस्तो छ नतिजा

logo
प्रकाशित २०७७ मंसिर १४ आइतबार
mancity22.jpg

काठमाडौं ।  इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले फराकिलो जित निकाल्दा डिफेन्डिङ च्याम्पियन लिभरपुल बराबरीमै रोकिएको छ । 

शनिबार भएको खेलमा लिभरपुल ब्राइटन एन्ड होभ आल्बियनसँग १–१ गोलको बराबरीमा रोकियो । ब्राइटनको मैदानमा भएको खेलमा मोहम्मद सलाह र साडियो मानेले गोल गर्न असफल भएपछि लिभरपुल बराबरीमा रोकियो । 

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ६० औं मिनेटमा डिएगो जोटाले गोल गर्दै लिभरपुललाई सुरुवाती अग्रता दिलाएका थिए । तर खेलको इन्जुरी समयमा पास्कल ग्रोसले पेनाल्टीमा गोल गर्दै ब्राइटनलाई हारबाट जोगाए ।

लिभरपुलका एण्डरसनले पेनाल्टी क्षेत्रमा ड्यानी वेल्ब्याकलाई लडाएपछि ब्राइटनले पेनाल्टी पाएको थियो । जसमा ग्रोसले सहजै गोल गरे ।

यसअघि खेलको २० औं मिनेटमा निल माउपेले पेनाल्टीमा गोल गर्न सकेनन् । उनको प्रहार बाहिरिएको थियो ।

त्यस्तै लिभरपुलका सलाहले ३४ औं मिनेटमा गरेको गोलले मान्यता पाएन । सलाह अफसाइड देखिएको थियो । त्यस्तै खेलको ८४ औं मिनेटमा साडियो मानेको गोलले समेत मान्यता नपाउँदा लिभरपुल अग्रता दोब्बर बनाउनबाट बन्चित भएको थियो । हेडमार्फत गोल गरेका माने समेत अफसाइड देखिएका थिए ।

म्यानचेस्टर सिटी भर्सेस बर्नली
शनिबार राति भएको खेलमा सिटीले बर्नलीलाई ५-० गोल अन्तरले पराजित गर्यो । घरेलु मैदानमा सिटीलाई जित दिलाउन रियाद महरेजले ह्याट्रिक गरे । यससँगै महरेज सिटीका लागि प्रिमियर लिगमा ह्याट्रिक गर्ने दोस्रो अफ्रिकन खेलाडी बनेका छन् ।

यस्तै बेन्जामिन मेन्डी र फेरान टोरेसले एक एक गोल गरे ।

सिटीले छैटौं मिनेटमा महरेजको गोलबाट अग्रता बनाएको थियो । २२ औं मिनेटमा महरेजले व्यक्तिगत दोस्रो गोल गर्दै सिटीलाई २-० को अग्रता दिलाए । ४१ औं मिनेटमा मेन्डीले सिटीका लागि पहिलो गोल गरेपछि पहिलो हाफमा सिटी ३-० ले अघि रह्यो । 

खेलको ६६ औं मिनेटमा टोरेसले गोल गर्दै टोलीको अग्रता ४-० को बनाए । ६९ औं मिनेटमा महरेजले व्यक्तिगत तेस्रो गोल गर्दै ह्याट्रिक पूरा गर्दा सिटीले ५-० को फराकिलो जित निकाल्न सफल भयो ।

शनिबारका अन्य खेलको नतिजा
एभर्टन ०–१ लिड्स युनाइटेड
वेष्टब्रोमविच आल्बियन १–० शेफिल्ड युनाइटेड

अंक तालिका
लिभरपुल १० खेलबाट २१ अंकसहित शीर्ष स्थानमा छ । ९ खेलबाट २० अंकसहित टोटनह्याम हट्सपर दोस्रो तथा ९ खेलबाटै १८ अंकसहित चेल्सी तेस्रो स्थानमा छ । 

९ खेलबाट १८ अंकबाटै लेस्टर सिटी १८ अंकबाटै चौथो स्थानमा छ । म्यान्चेस्टर सिटी १५ अंकसहित आठौं स्थानमा छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ